अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

कृष्ण धराबासीको ‘लिलाबोध’को बिमोचन तथा परिचर्चा

बिआरटीनेपाल २०७३ चैत २३ गते ८:३२ मा प्रकाशित

साहित्यकार कृष्ण घरावासीको ‘लिलाबोध’ को विमोचन तथा परिचार्चा भएको छ । बुधवार राजधानीको भृकुटीमञ्डप स्थित पर्यटन बोर्डमा अरावासीको कृति वरिष्ठ साहित्यकार बैरागी काईंलाको हातबाट घरावासीको ‘लिलाबोध ‘ बिमोचन सँगै उक्त कृतिमाथी परिचर्चा समेत गरिएको हो । 

कार्यक्रममा साहित्यकार धरावासीका बालसखा डा. संजीव उप्रेतीले कृतिको समीक्षा गरेका थिए भने कृतिमाथी बैरागी काईंला र कृतिका लेखक घरावासीले आफ्ना धारणा र लिलाबोध लेखनको अनुभव सुनाएका थिए ।

साहित्यकार अमर न्यौपाने, कवि तथा लेखक शशी थापा देखी, धराबासीको प्रशंशकहरुको बाक्लो उपस्थिीती रहेको थियो । 

धरावासीको  पहिलो रचना वि.सं. २०३३ सालमा सूर्योदय साप्ताहिकमा कविता प्रकाशित भएको थियो बालक हराएको सूचना (निबन्ध सङ्ग्रह, ) विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू (समालोचना), उन्मुक्तिका आवाजहरू (कवितासँग्रह), लीला लेखन समालोचना )  नारीभित्र त्यस्ता के छ हजुर (निबन्ध सङ्ग्रह),  उत्तमजंग सिजापतिको आलु (निबन्ध सङ्ग्रह)शरणार्थी (आधा बाटो (उपन्यास), झोला  (कथा सङ्ग्रह),पाठकको अदालतमा मुद्दा मिसिल नं.१ (समालोचना), कान्छी राधा (कवितासँग्रह), राधा (उपन्यास, वि.सं. २०६२), तेस्रो आयाम र बैरागी काइँला (समालोचना),  तपाईँ (उपन्यास),  मेरो साहित्यिक यात्रा र मदन पुरस्कार (संस्मरण), पाण्डुलिपी (उपन्यास) लगायतका कृतिहरू यस अघि प्रकाशित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू