गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको वर्तमान कार्यसमितिले मुद्धा जितेको छ । दुई वर्ष अघिको चुनावमा वर्तमान कार्यसमितिका अध्यक्ष डा। केशव पौडेलका प्रतिद्धन्द्दी नगेन्द्र पौडेलले विभिन्न आरोप लगाउंदै फर्जि सदस्य बनाएर भोट हालेको, एकै आइपीबाट धेरै भोट हालिएको लगायतका आरोप लगाउंदै टेनिसी अदालतमा दाएर गरिएको मुद्धामा अदालतले मङ्गलवार एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पक्षमा फैसला सुनाएको हो ।
अनावश्यक रूपमा मुद्धा मामिला गरेर एनआरएनको बदनाम गर्नेहरुका लागी अदालतले गतिलो फैसला सुनाएकोमा खुशी ब्यक्त गरेका एनआरएनका सबै पदाधिकारीले अव पनि समाजमा भांड भैलो सृजना गर्न मुद्धा मामिला गर्नेलाई समाजबाट बहिस्कार गर्नुपर्ने बताइरहेका छन् भने अदालतको फैसलाले उत्साहित बनाएको बताउँदै एनआरएन अमेरिकाका अध्यक्ष डा। केशव पौडेलले मुद्धा मामिला गर्नेहरुलाई अदालतको फैसलाले गतिलो झापड हानेको बताएका छन ।