अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

नयाँ बर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल हुने

बिआरटीनेपाल २०७३ चैत २२ गते ४:२० मा प्रकाशित

नयाँ बर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल सञ्चालन हुने भएको छ । भक्तपुर ट्राइथोलन संघले खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न थालिएको आयोजकले जानकारी दिएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा बिस्केटको रौनकतासँगै नयाँ बर्षलाई स्वागत गर्नुका साथै खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न थालिएको संघका उपाध्यक्ष कृष्ण भक्त दुवालले जानकारी दिनु भयो । उहाँले ट्राईथोलन खेल नेपालीका माँझ नौलो खेल समेत भएको र हरेक ब्यक्ति स्वस्थ रहन यो खेलले मद्दत पुग्ने भन्दै भक्तपुरको बिस्केट जात्राको अवसरलाई सदुपयोग गर्दै उक्त खेल आयोजना गरिएको बताउनु भयो ।

खेलका बारे जानकारी दिँदै अन्तराष्ट्रिय ट्राईथोलन युनियन प्राबिधिक धनेश प्रजापतिले उक्त खेल आयोजना दौड र साईकल चलाउँदै र पौडि खेलेर खेलिने खेल भएता पनि दुई बिधालाई मात्र समाबेश गरेर उक्त खेल सञ्चालन गर्न थालिएको जानकारी दिनु भयो ।

भक्तपुरमा पहिलो पटक उक्त खेल सञ्चालन गर्न थालिएको र झण्डै तीन सय भन्दा बढि खेलाडीको सहभागिता रहेको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।

उक्त खेलमा प्रथम हुनेलाई १० हजार द्वितिय हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार राशिको पुरस्कार प्रदान गरिने छ ।
खेलमा दुई जना ईमजीङ खेलाडीलाई पाँच पाँच हजारको राशीको पुरस्कारको ब्यवस्था गरिएको छ ।

उक्त खेलमा सञ्चालनका लागि ३ लाख खर्च लाग्ने र उक्त खर्च बिभिन्न खेल प्रेमीहरुबाट संकलन गरिएको समेत आयोजकले जानकरी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू