अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

पर्यटन आकर्षणका लागि गरिएको पुराणमा दान गर्नेको प्रतिष्पर्धा, लाखौंको जग्गादान

बिआरटीनेपाल २०७३ चैत २२ गते ०:५५ मा प्रकाशित

मोरङको पथरीशनिश्चरे १० स्थित रमणियस्थलका रुपमा रहेको ऐतिहासिक जिरिखिम्तीलाई धार्मिक पर्यटनका हिसावले समेत चिनाउन सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा दान दिनेहरुको दैनिक वढावढको प्रतिष्पर्धाका क्रममा लाखौंको जग्गादान समेत भएको छ ।

पछिल्लो पटक स्थानीय समाजसेवी कुलबहादुर श्रेष्ठले २ कठ्ठा र समासजेवी एवम् महायज्ञ मुल आयोजक समिति संयोजक पुण्यप्रसाद सुवेदीले बहुमल्य २ धुर जग्गा दान गरेको महायज्ञ आयोजक सिंहदेवी दुर्गा मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष उपेन्द्र कटुवालले जनाए । जग्गादाताहरुलाई गाडीमा राखेर पञ्चेवाजा सहित नगर क्षेत्रको परिक्रमा गराई सम्मान व्यक्त गरिएको छ ।

त्यसअघि जिरिखिम्तीका पुराना वासिन्दा चन्द्रबहादुर र योगमाया कटुवालले १ लाख २१ हजार १ सय २१ रुपैयाँ दान दिएर सबैभन्दा बढी दान दिने दाता बनेका थिए धने नरबहादुर र जानुका कटुवाल दम्पतीले १ लाख ७ हजार ७ रुपैयाँ प्रदान गरेका थिए । ।

त्यस्तै स्थानीय ज्येष्ठ नागरिक षडानन्द खतिवडाले ३१ हजार १ सय ५१ , मन्दिर व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण गुरागाइले २५ हजार १ सय ५५ रुपैयाँ गरेका छन् भने कृष्ण इम्पोरियम पथरीका राजेन्द्र ढकालले २१ हजार ५, एभरेष्ट माविका निर्देशक रविन कन्दङ्वाले ११ हजार १ सय ११ , आरती सहकारीका अध्यक्ष देवीप्रसाद प्रसाईले ११ हजार, सुन्दरहरैंचा ४ का योेगेन्द्र पोखरेल र रमा पोखरेल दम्पत्तीले ११ हजार १ सय ११ दान गरेका छन्।

प्राकृतिक मनोरमताले भरिपूर्ण र सम्बन्धित निकायको खासै दृष्टी पुग्न नसकि तुलनात्मक विकासमा पछि परिरहेको सो क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न स्थानीयले उत्साहकासाथ दान सहयोग गरेका छन् ।

पुराणमा जिरिखिम्तीका रामेश्वर दाहालले १० हजार ५ सय २१, सुनिल दाहालले १० हजार १ सय ११, जिरिखिम्तीकी कमला भट्टराईले १० हजार १५, झमक भट्टराईले १० हजार ५, ऐयावारीका खगेन्द्र र चन्द्रकला थापाले ७ हजार १ सय सहित हालसम्म ३ सय घर परिवारले नगद दान गरिसकेका छन् । आफ्नो तौल बराबरको धान तुलादान गर्नेको संख्या ३० पुगेको छ ।

१ लाख भन्दा बढी दान गर्नेहरुलाई पञ्चेवाज सहित गाडीमा राखेर नगर परिक्रमा गराउने गरिएको छ ।

वस्ती आवादकै अवस्थादेखि करिव ३ कठ्ठा जग्गा रहेको मन्दिर सञ्चालनका लागि ज्ञानबहादुर दहालको संयोजकत्वमा अक्षयकोष खडा गरिएको छ ।सो कोषका लागि पहिलो दिन १ लाख २० हजार बढी रकम संकलन भएको छ । जसमा सवैभन्दा बढी ज्ञानेन्द्र ढुंगानाले २५ हजार रुपैयाँ प्रदान गरेका छन्।
स्वास्थ्य नै सवैभन्दा ठूलो धन भएको कुरा मनन गर्दै सोमबारदेखि ३ दिनसम्मका लागि विराट मेडिकल कलेज विराटनगरका विशेषज्ञ डाक्टरहरुबाट महायज्ञस्थलमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । पहिलो दिन १ सय जनाले स्वास्थय परीक्षण गराएका छन् ।
त्यस्तै, पथरी बजारका राजेन्द्र ढकालले प्रत्येक विहान योगविधि समेत सिकाईरहेका छन् ।

प्रतिक्रिया