अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

वैज्ञानिक डा.महाविर पुन तथा विशेष योगदान गर्ने चिकित्सकहरु सम्मानित, शर्मा पुन:अध्यक्षमा निर्वाचित

बिआरटीनेपाल २०७३ चैत २० गते १०:२२ मा प्रकाशित

विजय थापा,वासिङ्टन डिसी
गत चैत्र १९ गते शनिवार सूचना प्रविधिका वैज्ञानिक तथा सामाजिक अभियन्ता डा.महाविर पुन तथा चिकित्सा पेशामातथा सामाजिक सेवामा समेत विशेष योगदान गरेका चिकित्सक हरुलाई सम्मान गरिएको छ l नेपाल औषधि गत बिक्री प्रबन्धक सङ्घ(पिन)नेपालगंज ईकाईले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो l नेपालगञ्जको स्वस्तिक कटेजमा भव्य रूपमा सम्पन्न इकाईको अधिवेशनले ओम नारायण शर्मा को नेतृत्वमा सर्व सम्मति साथ २०७४-२०७६ कार्यकालका लागि नयाँ कार्यसमिति चयन समेत गरेको छ l संस्थाले वैज्ञानिक महाविर पुनलाई सम्मान गर्दै खोजमुलक रचनात्मक उच्च विचारका धनी राष्ट्रका सच्चा राष्ट्रबादी शिक्षक आयमुलक सिपहरुको विकास र बिस्तारमा अनवरत लागि रहनु भएको योगदान प्रति सम्मान गरेको छ l 

यसै गरी पिन नेपालगन्जको तेस्रो अधिवेशनमा वरिष्ठ फिजिसियन चिकित्सक राजन पाण्डे, वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डिपी प्रधान, वरिष्ठ स्त्रीरोग बिशेषज्ञ चिकित्सक नीना श्रेष्ठ, वरिष्ठ सल्य चिकित्सक एम किदवाइ, वरिष्ठ छाला तथा यौन रोग बिशेषज्ञ चिकित्सक जी.राज शाक्य र क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता समेत रहेका प्लाष्टिक शल्य चिकित्सक विनोद कर्णलाई सम्मान गरिएको छ  l इकाईका अध्यक्ष ओम नारायण शर्माको अध्यक्षतामा सञ्चालित तेस्रो अधिवेशनको उद्घाटन सत्रमा संस्थाका केन्द्रीय अध्यक्ष सुरजित दत्त, प्रमुख अतिथि वैज्ञानिक डा.महाविर पुन तथा बाँकेका प्र.जी.अधिकारी रविलाल पन्थ विशिष्ट अतिथि रहेका थिए l 

उक्त उद्घाटन सत्रमा डिडिए प्रमुख निनु श्रेष्ठ ,एनसीडीए अध्यक्ष अभय कुमार बस्नेत,एनएमए अध्यक्ष रमेश श्रेष्ठ, एन एम एस आर ए का कार्यवाहक अध्यक्ष इरफान सिद्धिकी, एनएमएसआरए नेपालगंज ईकाईका अध्यक्ष जमालुद्दिन अन्सारी , विश्व स्वास्थ्य सङ्घ निरीक्षक अधिकृत डा. रामु शर्मा, एप्पोनका बजारीकरण वृतका संयोजक ज्ञानी उप्रेती,नेपालगंज जेसिजका अध्यक्ष विशाल विक्रम बर्मा, एप्पोनकाका सदस्य माधव अधिकारी ,पिन केन्द्रका उपाध्यक्ष द्वय हरिहर भन्डारी तथा माधव सिंह,पिन लुम्बिनी का सचिव आरसी ढकाल तथा राइट टु सूचनाकाका बिस्वजित तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए l महाविर पुन तथा बाँके प्र.जी.अ.ले संस्थालाई धन्यवाद दिँदै नेपालगंज ईकाईका अध्यक्ष ओम नारायण शर्माको नेतृत्वमा उल्लेखनीय कार्य गरेको र अधिकांश वक्ताहरुले योगदानको प्रशंसा गरेका थिए। संस्थाले पहिलो पटक चिकित्सकहरुलाई समान गरेको हो l 

अध्यक्ष ओम नारायण शर्माको उत्कृष्ट कार्यसैलीको मूल्याङ्कन गर्दै पूर्व अध्यक्ष हेम कुमार झाले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने अध्यक्ष शर्माले सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए l संस्थाका केन्द्रीय अध्यक्ष एवम् प्रमुख अतिथि सुरजित दत्त तथा बिशिष्ठ अतिथि महाविर पुन लाई समेत सम्मान गरेको छ l नयाँ कार्यसमितिमा उपाध्यक्षमा सालिक राम पौडेल,सचिवमा दमन थापा,सह-सचिवमा बिरेन्द्र विष्ट ,कोषाध्यक्षमा पुष्प प्रधान,सह कोषाध्यक्षमा विकास मौनी तथा सदस्यहरूमा निरज कुमार, विशाल वैश्य, मनोज महतो, मनोज लामिछाने, मनोज अधिकारी, रोहित भट्ट तथा विकास केसी चुनिएका छन्।

ओम शर्मा समग्र नेपाल औषधि गत बिक्री प्रबन्धक सङ्घ (Pean) को राष्ट्रिय रूपमै पहिचान बनाएका असल नेताका रूपमा चिनिन्छन। इकाईका प्रथम अध्यक्षहेम कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन ओबिराज आचार्यले गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू