अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

मिस्टर नेपाल २०१७ का लागि २४ युवा

बिआरटीनेपाल २०७३ चैत २० गते ९:४६ मा प्रकाशित

कुबेर गिरी, काठमाडौँ ।
मिस्टर नेपाल २०१७ का लागि २४ युवा छानिएका छन् । देशभर विभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् । ‘मिस्टर नेपाल’ स्वदेशमा आयोजना हुँदै आएका पुरुषहरुको सबैभन्दा ठुलो प्रतियोगिता मानिएको छ । यसका विजेताले नेपालको प्रतिनिधित्व गर्दै एकसय भन्दा बढी राष्ट्रको सहभागिता रहने ‘मिष्टर वल्र्ड’ मा भाग लिन पाउने छन् ।

युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रूपमा अगाडि बढाउन प्रतियोगिता सहायक सिद्ध हुने आयोजक एक्सपोज नेपाल डटकमका अध्यक्ष दिनेश शाहीले बताए । 

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा छानिएका प्रतियोगी केही दिनमै प्रशिक्षण जुट्ने छन् । प्रशिक्षणका क्रममा प्रतियोगीले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा दक्ष प्रशिक्षक द्धारा प्रशिक्षण कार्यक्रम संयोजक अर्चना थापाले जानकारी दिइन् ।

प्रतियोगिताको विजेताले मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्नुका साथै मोटर बाइक लगायत विभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा नयाँ वर्षको वैशाखमा हुनेछ । सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट धधध। mष्कतभच लभउब।िअयm बाट पनि भर्न सकिनेछ ।

प्रतिक्रिया