अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

अमेरिकन (एफबिआई)ले सार्वजनिक गर्यो-पेन्टागन आक्रमणका हराएका २७ महत्वपुर्ण तस्विर

बिआरटीनेपाल २०७३ चैत १९ गते ७:१५ मा प्रकाशित

आजभन्दा १६ वर्षअघि भएको पेन्टागन आक्रमणका हराएका २७ वटा तस्विर अमेरिकाले सार्वजनिक गरेको छ । सन् २००१ को सेप्टेम्बर ११ का दिन बिहान ८ः४६ बजे भएको पेन्टागन आक्रमणका महत्वपुर्ण २७ तस्विर अमेरिकाको संघीय जाँच आयोग ९एफबिआई० ले सार्वजनिक गरेको हो ।

 

यी तस्बिर एफबिआईले आक्रमणको १० वर्षपछि सन् २०११ मा पनि अमेरिकन एफबिआईले नै जारी गरेको थियो । तर तर प्राविधिक गडबडीका कारण सो वेब साइटबाट नै हराएपछि ति २७ तस्विर पनि हराएका थिए । एफबिआईले फेरि ती तस्बिर जारी गर्दै निरन्तरको प्रयासपछि तस्बिर फेरि प्राप्त गर्न सफल भएको जनाएको छ ।

तस्बिरमा पेन्टागनमा आक्रमण भएपछिको उद्दार तथा आगो नियन्त्रणको प्रयास समेटिएका यि तस्विरहरु हराउन’ सामान्य नभएको भन्दै तस्विरका लागि निरन्तरको प्रयास गरिरहेको एफबिआईले यतिबेला ति तस्विर फेला परेको खवर संगै तस्विरहरु सार्वजनिक गरेको हो ।

सन् २००१ सेप्टेम्बर ११ का दिन बिहान ८ः४६ बजे हाइज्याक गरिएको बिमान वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काएका थिए । अलकायदाका १९ जना आतंकवादीले ४ वटा विमान अपहरण गरेका थिए । ती अपहरणकर्ताहरूले ४ मध्ये दुई वटा विमान वल्ड ट्रेड सेन्टरमा, १ विमान पेन्टागनमा ठोक्काइएको थियो भने अर्को एक विमान ह्वाइट हाउसमा ठोक्काउने प्रयास गर्दा बाटोमा नै खसेको थियो । सो आक्रमणमा १ सय ८४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू