अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

बिरामी बोक्ने एम्बुलेन्समा कपडाको तस्करी 

बिआरटीनेपाल २०७३ चैत १७ गते २३:२४ मा प्रकाशित

विरामी ओसारपसार गर्ने एम्बुलेन्समा भारतबाट कपडा तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरीले ठुलो परिमाणको कपडासहित नेपालगञ्जबाट बुधबार राती एउटा एम्बुलेन्स नियन्त्रणमा लिएपछि बिरामी बोक्ने एम्बुलेन्समा कपडाको तस्करी हुने गरेको सार्वजनिक भएको हो ।

भन्सार कार्यालयले भारतले भित्राइने थोरै मुल्यको सामानमा पनि भन्सार महसुल अनिवार्य गरेपछि केही व्यवसायीहरुले तस्करी गरी सामान भित्राउने गरिएको रहस्य यो घटनाले देखाएको छ ।

भारतको लखनउ, बहराईच लगायतका स्थानमा विरामी पु¥याएर फर्कने क्रममा एम्बुलेन्समा सामानको तस्करी हुने गरेको भेटिएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेको टोलीले नेपालगञ्जको परस्पुरबाट भे १ च ८३० नम्बरको एम्बुलेन्स बुधबारराती नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब निरिक्षक अमृतबहादुर कठायत नेतृत्वको टोलीले १९८ वटा लेहङ्गा साडीसहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
सो सामान नेपालगञ्जका व्यवसायी कमलसिंह क्षेत्रीको रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार भन्सार कार्यालयको मुल्यांकन अनुसार कपडाको मुल्य एकलाख ४८ हजार रुपिया रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू