अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

गायीका प्रतिक्षा गुरुङको गीती संग्रह ‘प्रतिक्षा’ सार्वजनिक

बिआरटीनेपाल २०७३ चैत १७ गते १२:१६ मा प्रकाशित

गायीका प्रतिक्षा गुरुङ्गको गीती संग्रह प्रतिक्षा सार्वजनिक भएको छ । बुधवार राजधानिको पानिपोखरी स्थीत एम्वेसी होटलमा एक समारोहको आयोजना गरि गायीका गुरुङ्गका पहिलो गीति संग्रह प्रतिक्षाको बिमोचन गरिएको हो ।

गीतकार द्वय डा. कृष्ण हरि बराल र दीप घतनीको शब्द रहेको प्रतिक्षामा संगीतकार गैरे सुरेशकोे एकल संगीत रहेको छ । ६ वटा गीतहरु समावेश गरिएको एल्वमका गीतहरु  अकेस्टिक स्टूडियो र ए वन म्यूजिसियन स्टूडियोमा रेकर्ड गरिएको हो ।

विमोचन समारोहमा गुरुङ्ग कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ्ग, बरिष्ठ गीतकार  डा. कृष्ण हरि बराल, वरिष्ठ गायिका कुन्ति मोक्तान, चर्चित गायिका रिमा गुरुङ्ग होडा,संगीतकार गैरे सुरेश, गीतकार दिप घतानी, लगायतका संगीतकर्मीको बाक्लो उपस्थितीमा रहेको थियो ।

अनलाईन मिडिया OS Nepal ले सम्पुर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको विमोचन समारोहलाई सेलिब्रेटी म्यानेजमेन्ट नेपालले व्यवस्थापन गरेको हो भने यस एल्बमको सम्पूर्ण प्रचार प्रसारको जिम्मेवारी म्यूजिक जोय मिडियाले लिएको छ ।

यस एल्बमका दुई वटा गीतमाथी म्यूजिक भिडियो तयार गरेको छ । जसलाई कमल राईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू