अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७३ चैत १४ गते २२:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्व कोषाध्यक्ष, अध्यक्ष पदकी उम्मेदवार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी आजीवन सदस्य कमला प्रसाईबाट हालै सञ्चार माध्यमहरुमा प्रसारित अन्तर्वार्तामा संस्थालाई लगाइएको झुटा आरोपप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको छ । केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले यस्ता बिना आधारका झुटा आरोप, गलत सन्देश, संस्था तथा पदाधिकारीहरुको मानहानी हुने र संस्थाको गरिमामा आँच आउने गरी प्रसारित भएका कपलोकल्पित सन्देशको घोर भर्त्सना गर्दै यस्तो निन्दनीय कार्यको खेद प्रकट गर्ने निर्णय गरेको छ । यस्ता बिना आधारका झुटा सन्देशले सृजना गरेका भ्रमप्रति संयमित हुन अनेसासका आदरणीय आजीवन तथा ट्रष्टी सदस्यहरू, साहित्यकारहरु र अनेसासलाई माया गर्ने सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ । यस्ता घटनाहरू भविष्यमा पनि दोहोरिएमा आवश्यक रूपमा कानुनी कारबाही गर्न बाध्य हुने पनि जानकारी गराउन चाहन्छौँ ।
सधन्यवाद,

गोबर्धन पूजा
महासचिव
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
केन्द्रीय कार्यसमिति

प्रतिक्रिया