अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

अमेरिकाको कराटे खेलमा दुई नेपाली स्वर्ण पदकले सम्मानित

बिआरटीनेपाल २०७३ चैत १४ गते २२:३३ मा प्रकाशित

गत मार्च २४ र २५ तारिकका दिन फिलाडेल्फियामा भएको अमेरिकी इन्टरनेसनल खेलमा उज्ज्वल ठकुरीद्वारा आफूले आविष्कार गरेको फांग कातामा स्वर्ण पदक र ख़ुकुरी कातामा रजत ट्रॉफी हात पारेका छन् । आज सम्ममा उज्ज्वल ठकुरीले पाँचवटा खेल आविष्कार गरेकोमा तिनवटा खेलमा अन्तर्राष्ट्रिय पदक जिती सकेका छन् । 

त्यसै गरी, सितेरियो करातेकी अब्बल खेलाडी सुभद्रा श्रेष्ठले उक्त खेलको खुकुरी कातामा स्वर्ण पदक हात पार्न सफल भएकी छिन् । उनीले यो भन्दा पहिला पनि साफ खेलमा रजत र साउथ एसियन खेल, मलेसियामा स्वर्णपदक जिती सकेकी छिन् । हाल उनी क्यानाडाको वटवामा ११ महिना देखि बस्दै आएकी छिन् ।

उज्ज्वल ठकुरीको आविष्कार गरेको ” ब्रेकिङ्ग ” मा विश्व च्याम्पियन गोल्ड मेडल र विश्व च्याम्पियन टाइटल बेल्ट हात परिसकेका छन् । गिनिज बुक अफ रेकर्डमा आफू विश्वको सर्बित्क्रिष्ट भएको दाबीका साथ दर्ता गरेका छन्। अध्यपी नतिजा भने अाईसकेको छैन । 

ठकुरीद्वारा आविष्कार गरेका पाँचवटा नयाँ खेललाई न्युजर्सी र साउथ क्यारोलिनामा प्रदर्शनी गरेर विशेष सम्मान हाँसिल गरी सकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू