अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

वासु शशीको स्मृतिमा कविगोष्ठी

बिआरटीनेपाल २०७३ चैत १३ गते २३:०३ मा प्रकाशित

काठमाडौँ, १३ चैत । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८१औँ जन्मजयन्तीकाे अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र वासु शशी स्मृति परिषद्काे संयुक्त अायाेजनामा आइतबार विशेष कविगोष्ठीको आयोजना गर्‍यो । कार्यक्रममा वरिष्ठ कविहरू तुलसी दिवस, कालीप्रसाद रिजाल, सरुभक्त, कृष्ण जोशी, वेञ्जू शर्मा, शैलेन्द्र साकार, जसराज किराँती, विजय वजिमय, ज्ञान उदास, कृष्ण प्रधान तथा प्रमोद प्रधानले कविता वाचन गर्नुभएको थियो ।

वासु शशीको कवित्व र व्यक्तित्वबारे प्रमुख अतिथि तुलसी दिवस, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,यादव भटराई, परिषद्का अध्यक्ष गणेश रसिक तथा सचिव प्रद्युम्न जोशीले बोल्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू