अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

नेजाद्धारा सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना

बिआरटीनेपाल २०७३ चैत ११ गते ११:१५ मा प्रकाशित

उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । नेपालमा नेजा ग्रामीण उत्कष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दे आएको नेजाले उत्तर अमेरिकामा रहेका नेपाली पत्रकाहरुको हकमा नेजा सामुदायिक पत्रकारिता पुरस्कार नामक दोस्रो पुरस्कारको स्थापना गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नेजा सामुदायिक पत्रकारिता पुरस्कारको राशि १ लाख एकहजार एक सय एक रुपैयाको रहेको नेजाद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुमध्ये सामुदायिक पत्रकारितामा कलम चलाउने उत्कृष्ट पत्रकारहरुमध्येबाट एक जनालाई पुरस्कृत गरिने छ । नेजा सामुदायिक पत्रकारिता पुरस्कार हरेक दुईवर्षमा एक पटक साधारण सभामा घोषणा गर्नेछ । आगामी मे महिनामा वासिङ्टन डिसीमा ६ र ७ मा आयोजित ११ औ साधारण सभामा घोषणा गरिने उक्त पुरस्कारका लागि आवेदन खुला गरेको छ । पुरस्कारको लागि आगामी अप्रिल २५ तारिखसम्म नेजाको अफिसियल इमेल ठेगानामा आवेदन पठाई सक्नुपर्नेछ ।

प्रवासमा नेपाली पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कारका लागि नेजाले छनौट समिति पनि गठन गरिसकिएको छ । आवेदकले सन् २०१६ भित्रमा प्रकाशित वा प्रसारित आफ्ना तीन उत्कृष्ट समाचार, अनुसन्धानात्मक लेख वा समाचारमूलक कार्यक्रम पेस गर्नुपर्नेछ । छनौट समितिले नेपाली समुदायका हित प्रवद्र्धन गर्ने खालका समाचार, अनुसन्धानमुलक लेख वा समाचारमूलक कार्यक्रमलाई प्राथमिकता दिइने नेजाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उत्तर अमेरिकामा रहेर कम्तीमा दुई वर्ष पत्रकारिता क्षेत्रमा सक्रिय रहेको पक्षलाई प्राथमिकतामा राखेर गरिने छनौट प्रक्रियामा छनौट समितिको अन्तिम निर्णय हुनेछ । उक्त पुरस्कारले प्रवासको नेपाली पत्रकारितालाई थप व्यावसायिक बनाउने नेजाले विश्वास लिएको छ ।

प्रतिक्रिया