अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

संगीतकार गणेश पराजुली अमेरिकामा सम्मानित

बिआरटीनेपाल २०७३ चैत ३ गते ७:२९ मा प्रकाशित

गायक तथा संगीतकार गणेश पराजुली अमेरिकामा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले नारी दिवसको अवसरमा च्याप्टरको नियमित बैठक तथा फागु पुर्णिामाको शुभकामना आदान प्रदानका साथै रचना वाचन कार्यक्रमको अवसरमा पराजुलीलाई सम्मान गरिएको हो ।

कवि विनोद रोक्काको निवासमा सम्पन्न कार्यक्रममा नेपालबाट अमेरिका आएका संगीतकार गणेश पराजुली र गायीका हजुरी शाह कंडेललाई दोसल्ला र पुष्प गुच्छाले स्वागत तथा सम्मान गरिएको थियो ।

च्याप्टरका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठले सङ्गीतकार पराजुलीलाई नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको बताए ।

कार्यक्रममा स्रस्टा पराजुलीले आफ्ना नयाँ पुराना गीतहरु गाएर सुनाएका थिए । कार्यक्रममा अनेसासका पुर्व अध्यक्ष गीता खत्री, पुर्व उपाध्यक्ष राम खत्री, मेनका रोका लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू