अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

ट्रम्पको कर विवरण गोप्य स्रोत मार्फत सार्वजनिक भएपछि ह्वाइट हाउस रुष्ट

बिआरटीनेपाल २०७३ चैत १ गते २२:०६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भए संगै राष्ट्रपति कार्यालय ह्वाइट हाउस रुष्ट बनेको छ । अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेपछि कर सम्बन्धी विवरण प्रकाशित गर्नु गैर कानुनी भएको भन्दै ह्वाइट हाउसले आलोचना गरेको हो ।

दुई पेज लामो कर सम्बन्धी विवरणमा राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा तीन करोड ८० लाख डलर मात्रै कर बुझाएको सार्वजनिक भएको विवरणमा उल्लेख छ । तर राष्ट्रपति कार्यालयले यो कुराको विरोध गर्दै सार्वजनिक भएको कर थप कर मात्रै रहेको र ट्रम्पले त्यसबाहेक पनि अरु विभिन्न शिर्षकमा कर बुझाएको दाबी गरेको छ ।

राष्ट्रपति ट्रम्पमाथि कर विवरण सार्वजनिक गर्न दबाब पर्दै आएको भएपनि उनले आफूले बुझाएको करको विवरण सार्वजनिक गरेका थिएनन् । गोप्य राखिएको ट्रम्पको विवरण अमेरिकी पत्रकार डेविड केय जोनस्टनले बाहिर ल्याएका हुन् । एमएसएनबिसीले पत्रकार जोनस्टन संग लिएको अन्तरवार्तामा उनले ट्रम्पको कर विवरणबारे बोलेपनि उनलाई सो विवरण दिने व्यक्तीको नाम भने उनले गोप्नै नै राखेका छन् ।

प्रतिक्रिया