अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

तल्लो मानाङ्गेले अमेरिकामा मनाए ल्होसार (फोटो फिचर)

बिआरटीनेपाल २०७३ चैत १ गते ११:२३ मा प्रकाशित

न्यु योर्क । हिमाल पारिको जिल्ला मनाङको तल्लो भाग थातथलो भई हाल अमेरिकाको न्यु योर्क आसपास बस्दै आएका घ्याल्सुम्दोबासीले आफ्नो मौलिक र परम्परागत चाड झ्या – ल्हो ल्होसार भव्य रूपमा बनाएका छन् ।
मनाङको तल्लो भेकमा रहेका धारापानी,थोचे, ताल –बगरछाप र चामे क्षेत्रलाई घ्याल्सुम्दो भनिन्छ । सन् २००४ मा डाक्टर दाग्याल्पो पुनेलको संयोजकत्वमा अमेरिकी कानुन अनुसार आधिकारिक रूपमा स्थापित घ्याल्सुम्दो सेवा सस्था दर्ता भएको हो । त्यस अघि सन १९९९ देखि रब्गे छेरिङ र धोर्जे विष्ट लगायतको समूहले विभिन्न सास्कृतिका कार्यक्रम गर्दै घ्याल्सुम्दोको परम्परा अमेरिकामा पनि सञ्चालन गर्दै आएका थिए । यस पटक पनि अमेरिकामा रहेका घ्याल्सुम्दोवासीले २१४४ औ झ्या – ल्हो ल्होसार पारिवारिक तथा सामूहिक रूपमा मनाए । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले ल्होसारको अवसरमा सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

न्यु योर्कको ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा घ्याल्सुम्दो क्षेत्रको परम्परागत सुईमा नृत्य ( स्वागत नृत्य ) अन्य सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोक गायक सुमन बुढा मगर, संगिता मगर, लितक श्रेष्ठ अभय ढुङ्गेल लगायतले एकल तथा दोहोरी गाएका थिए ।

यस अघि उद्घाटन कार्यक्रममा न्यु योर्क स्थित नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदुत कृशु क्षेत्री, एनआरएन आइसीसी उत्तर अमेरिका संयोजक सोनाम लामा, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लुइसाङ्ग वाइवा, एनआरएन अमेरिकका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल लगायतले शुभ कामना मन्तव्य दिएका थिए । 

घ्याल्सुम्दो सेवा सस्थाका अध्यक्ष राब्गे छेरिङ्गको सभापतित्वका भएको कार्यक्रम अमेरिकी भिलेज एनिमल हस्पिटलका सञ्चालक पशु चिकित्सक डाक्टर डेनिस सेराबोलो, हिमालयन बुद्धिष्ट कमिनिटि अमेरिकाका अध्यक्ष, तेन्जिङ उक्याप लामाले पनि ल्होसारको सफलताको शुभकामना दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू