अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

नेपाली कांग्रेसका नेता स्व. उद्धब सापकोटाको सम्झनामा क्यालिफोर्नियामा श्रद्धाञ्जली कार्यक्रम

बिआरटीनेपाल २०७३ चैत १ गते १०:०९ मा प्रकाशित

क्यालिफोर्नियाँको उड़ल्यांडमा रहेका नेपालीहरुले नेपाली कांग्रेसका नेता स्व.  उद्धब सापकोटाको योगदानलाई सम्झेका छन् । स्व. नेता सापकोटाको बार्षिक तिथिमा मार्च १३ का दिन उनको समाज प्रतिको योगदानको कदर स्वरुप बिभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा नेपाली कांग्रेस सम्बद्ध ब्यक्तीहरुले एक कार्यक्रमको आयोजना गरि उनलाई सम्झेका हुन् ।

श्रीमती गीता सापकोटा तथा छोरा मनीष तथा सतिश सापकोटाको निवासमा भएको उक्त कार्यक्रममा उनको राजनितिक संघर्ष योगदान र जवनीको चर्चा भएको थियो ।

२००४ आषाढ़ ४ गते सुनसरीको हरिनगरामा जन्मेका स्व.सापकोटा नेपाली कांग्रेसको बिभिन्न तहमा रहि एघारौ महाधिवेसन सम्म आइपुग्दा केन्द्रिय निर्वाचन समितिबाट २०६२ र९र२ मा सुनसरी बाट क्षेत्र प्रतिनिधिमा समेत निर्बिरोध निर्वाचित भएका थिए । सापकोटाको २०७३ फाल्गुन ३० गते सोमबार क्यालिफोर्नियाको उडल्यांडमा असामयिक निधन भएको थियो ।

समाजका बिभिन्न तहमा आफ्नो क्षमताले भ्याए सम्म बिकास निर्माणमा स्वदेश तथा बिदेशमा समेत सबैको सहयोगीका रुपमा रहेका सापकोटको निधनले देश र समाजलाई ठुलो हानी पुगेको कुरा पनि उपस्थितहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू