अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

एन आर एनको डाटा सर्भरमा प्रहार भएको हुन सक्ने

बिआरटीनेपाल २०७३ चैत १ गते ७:४० मा प्रकाशित

एन आर एन गतिविधि
अमेरिका, अनलाइनबाट एन आर एन चुनावको सदस्यता धमाधम बन्ने क्रममा हिजो एकाएक सर्भर सिस्टममा समस्या हुँदा करिब ६ घण्टा जस्तो सदस्यता क्रम रोकिएको छ । यसले अमेरिका स्थित नेपालीहरुमा सदस्यता वितरण प्रति व्यापक शङ्का उत्पन गराएको छ । सर्भर रोकिएको केही समय पश्चात् नै सामाजिक संजालहरु विरोधले एकाएक भरिएको थियो ।
समस्या के थियो त ?

एन आर एन उपाध्यक्ष डिल्ली भट्टराईका अनुसार सोमबार देखिएको सर्भर समस्यालाई DDOS Attack (Distributed Denial of Service) भनिन्छ । उनका अनुसार यो समस्या दुइृ प्रकारले हुन्छ ।

१) धेरै व्यक्तिहरूले एकै चोटि सर्भर चलाउदा यो समस्या देखिन सक्छ । एन आर एन को सदस्यताको अन्तिम दिन नजिकिदै गर्दा धेरै व्यक्तिहरूले सदस्यता लिन सर्भर चलाएको अवस्थामा यो समस्या आएको हुन सक्छ । जुन स्वभाविक हो ।

२) धेरै व्यक्तिहरूलाई सदस्यता बन्न नदिनका लागी जानाजन पनि यो गरिएको हुन सक्ने । एन आर एन को सदस्यता आफू अनुकूल पार्न कुनै स्वार्थी व्यक्ति विशेषको प्रयासमा जानाजान सर्भर विजी बनाइएको पनि हुन सक्छ ।

यस्तै, उपाध्यक्ष डिल्ली भट्टराईका अनुसार समस्या के हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको र चाडै नै सबै कुरा पत्ता लाग्ने बताइएको छ । उपाध्यक्ष भट्टराई र उनका दुई सहयोगीले लगातार पाचँ घण्टाको अथक प्रयास पनि पुन सर्भरले काम गर्न सुरु गरेको थियो ।

शङ्का नगर्न आग्रह यसै बिच एन आर एन अध्यक्ष डा. केशव पौडेलले सदस्यता प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको र त्यसको निराकरण पनि एन आर एनको स्रोत र साधनले भ्याए सम्म छिटै सम्पन्न भएकोले अव यसमा शङ्का नगर्न सबैलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूको टिका टिप्पणी प्रति इंकित गर्दे उनले प्राविधिक समस्या एकाएक पर्ने हुँदा यस्ता समस्याहरूको जानकार आफूहरू पहिल्य नहुने तर समस्या परे पछि मात्र के गर्ने भन्ने कुराको निर्योल गर्न पर्ने हुँदा यसलाई शङ्काको घेरा भित्र राख्न नहुने उनले बताएका छन् । उनले सदस्यता लिने व्यक्तिहरू प्रति पर्न गएको असुविधा प्रति क्षमा पनि मागेका छन् । साथै भविष्यमा पर्न सक्ने यस्ता समस्याहरू प्रति आफूहरू अझ चनाखो हुने पनि बताएका छन् ।

प्रतिक्रिया