अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

एन आर एन चुनावमा वढदैछ टेक्सासको सदस्यता सङ्ख्या

बिआरटीनेपाल २०७३ फागुन ३० गते १२:३१ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, टेक्सस
टेक्सस, मार्च १३, एन आर एन चुनावको सदस्यता लागी लगभग दुई दिन मात्र बाँकी हुँदा सदस्यता बन्ने सङ्ख्या पनि तीव्र बन्दै गएको छ । पूरा अमेरिका भरी एन आर एन सदस्यता लिनेको सङ्ख्या अहिले ७१५६ पुगेको छ भने टेक्सासको मात्र २०८९ छ । टेक्सासको सङ्ख्या सम्रग एन आर एन अमेरिकाको सङ्ख्यामा उल्लेख्य हो ।

सदस्यता सङ्ख्या वढनुका कारणहरू
यसपटक टेक्सासमा सदस्यता सङ्ख्या वढनुमा मुख्यता यहाँको अध्यक्षका उम्मेद्धारहरुको कारणले हो । एन आर एन अमेरिकाको चुनावी मैदानमा टेक्सासवाट दुई वलिया अध्यक्षका उम्मेद्धारहरु ओर्लिएका छन् । वर्तमान एन आर एन उपाध्यक्ष राम पोखरेल र व्यवसायी एवं समाजसेवी गौरी जोशी दुवै एन आर एन अमेरिकाका अध्यक्षका सशक्त उम्मेद्धारहरु हुन ।

राम पोखरेल विगत दुई वर्ष देखि एन आर एन अमेरिकाका उपाध्यक्ष छन् । यो दुई वर्षे एन आर एन अमेरिकाको कार्यकालमा उनी अन्य उपाध्यक्षहरु भन्दा सक्रिय भूमिकामा देखा परेका थिए । उनी एन आर एन अमेरिका भित्र र टेक्सासमै स्वच्छ छवि भएको व्यक्तिका रूपमा चिनिन्छन । टेक्सासमा उनको उम्मेद्धारीलाई स्वभाविक मान्नेहरु प्रशस्त छन् । उनको उम्मेद्धारी कसैको उक्साह हटमा भन्दा पनि स्वतस्फूर्त रूपमा आएको देखिन्छ ।

उता अर्का व्यवसायी एवं समाजसेवी उम्मेद्धार गौरी जोशी पनि चुनाव नजिकिदै गर्दा आफूलाई दरो बनाउन निकै सफल भएका छन् । गौरी सुरुमा डा. केशव पौडेलकै सल्लाह र सहयोगमा चुनावी मैदानमा उत्रिएका थिए । तर पछि डा. केशव पौडेलले अध्यक्षको मैदान नछाडने भए पछि पौडेलकै विरुद्धमा जोशी खडा भएका छन् । टेक्सासको नेपाली समाजमा गौरीको भूमिका उल्लेख छ ।

दुवै अध्यक्षका उम्मेद्धारहरु टेक्सासका स्थानीय वासिन्दा हुँदा टेक्सासको भोट दुवैका लागी महत्त्वपूर्ण छ । यसका लागी दुवै उम्मेद्धारहरु भोट बैङ्कका लागी हाल कम्मर कसेर लागेका छन् । यसले एन आर एन अमेरिकामा टेक्सासको सदस्यता सङ्ख्या बढाएको छ ।

पर्दा पछाडिका खेलाडिहरु
जानकारका अनुसार हाल टेक्सासमा सदस्यता सङ्ख्या वढनुमा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, जन सम्पर्क टेक्सासका अध्यक्ष ज्ञानेन्द्र कार्की तथा नेपाली काँग्रेसका हरिवोल भट्टराई, जन सम्पर्क उपाध्यक्ष सी.पी. पौडेलको पनि प्रमुख हात रहेको छ । यी सबै अहिले आफ्नो आफ्नो भोट वैक बढाउन कम्मर कसेर लागेको अवस्था छ ।

हरिवोल सुरु देखि गौरी जोशीको सर्मथनमा छन् । सूत्रका अनुसार गौरीलाई जिताउने एक मात्र मिशन बनाएका उनले आफ्नो पक्षमा भोट वटुल्न निकै मिहनेत गरिरहेका छन् । उता कृष्ण लामिछाने, ज्ञानेन्द्र कार्की, सी.पी. पौडेलले हाल सम्म यही व्यक्ति केन्द्रित भोट बनाएको देखिदैन । तर सूत्रका अनुसार अन्तिम अवस्थामा उनीहरूको भोट यात राम पोखरेल या डा. केशव पौडेललाई जाने पक्का पक्कि छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू