अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

मोहन वाइवा खेलाडी सङ्घको अध्यक्षमा निर्वाचित

बिआरटीनेपाल २०७३ फागुन २९ गते २२:११ मा प्रकाशित

न्यु योर्क । पूर्व तेक्वान्दो खेलाडी मोहन वाइवा तामाङ अमेरिकामा रहेका नेपाली खेलकर्मीहरुको सस्था युएस नेपाल स्पोर्टस एण्ड डेभलमेन्ट इन्कको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । न्यु योर्कको ज्याक्सनहाइटसमा शनिवार सम्म साधरण सभाले तामाङलाईको नेतृत्वमा १५ सदस्य कार्यसमितिको निर्विरोध चयन गरेको हो । तामाङ गैर आवासीय नेपाली सङ्घ अमेरिकाका खेलकुद संयोजक पनि हुन् ।

तामाङ सस्थाको तेस्रो अध्यक्ष हुन् । यस अघि नरबहादुर दाहाल र थानेश्वर राईले सस्थाको नेतृत्व गरेका थिए । ५० जना सदस्यहरूको उपस्थिति रहेको जनाइएको तेस्रो साधरण सभाले पूर्व एथलेटिक्स खेलाडी खुर्सेद अहमद खान, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सुनिल तुलाधर र उसुका छेमाङ्ग लामालाई उपाध्यक्षमा चयन गरेको छ ।

महासचिवको जिम्मेवारी जुडोका पूर्व खेलाडी संजिव श्रेष्ठले पाएका छन् । यस्तै सचिवमा फुटबल खेलाडी तुला सिंह, कोषाध्यक्षमा सुटिङकी निलम खड्का र सह कोषाध्यक्षमा तेक्वान्दोका पुष्प थापा मगर चयन भए ।
यस्तै सदस्यहरूमा फुटबलका पर्वत पाण्डे, रमेश कटुवाल,सुरज गुरुङ र प्रलय राजभण्डारी सदस्य भएका छन् । कराते प्रशिक्षक पर्खी राई, जुडो प्रशिक्षक राजेश कर्माचार्य र करातेका भीम खत्री पनि सदस्य चयन भएका छन् ।

दुई बर्से कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष तामाङले न्यु योर्कमा रहेका नेपालीमुलका बालबालिकाहरुलाई लक्षित गर्दै फुटबल क्याम्प सञ्चालन गरिने घोषणा गरे । क्याम्पमा सुनिल तुलाधर, पर्वत पाण्डे र तुलसा सिंहले प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू