अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

होलीको दिन पनि सुदुरपश्चिम शोकमा: गोविन्द गौतमको शवयात्रामा जनसागर उर्लियो (भिडियो) 

बिआरटीनेपाल २०७३ फागुन २९ गते ४:२१ मा प्रकाशित

आज होलीको दिन । रंगहरुको पर्व होलीलाई उत्साहको पर्व मानिन्छ । आजको दिन देशका बिभिन्न ठाउँमा होलीको रौनक छाएपनि सुदुरपश्चिमका जनता शोकमा डुवेका छन् । विहिवार भारतिय सिमा शुरक्षा बल एसएसवीको गोली लागी निधन भएका कञ्चनपुर पुनर्वासका गोविन्द प्रसाद गौतमको मृत्युले ४ दिन देखी सिंगो सुदुरपश्चिम शोकमा डुवेको हो ।

यो बर्षको होली कञ्चनपुर, धनगडी, टिकापुर लगाएतका ठाउँहरुमा आए गएको मतलव नै भएन । आज गौतमको अन्त्यस्टी गरिंदै छ । हरेक बर्ष होलीको तयारीमा जुट्ने र रमाईलो गर्ने त्यहाँका जनता आज गौतमको शवयात्रामा निस्केका छन् ।

उनको अन्तीम बिदाईमा घर घरबाट निस्केको जनलहर ‘गोविन्द गौतम अमर रहुन’, ‘हत्यारा लाई फँसी दे’, लगायतका नारावाजी सहित शवयात्रामा मिसिंदाको दृश्य बिदारक मात्र होईन आश्चर्य लाग्दो पनि देखिन्थो । थामी नसाध्यको जनलहरका बिच नेपाली राष्ट्रिय झण्डा ओडाएर सम्मान पूर्वक गौतमको अन्त्यस्टि हुँदैछ ।

 

भिड नियन्त्रण बाहिर गएपछि प्रहरी पनि अत्याधिक ठुलो संख्यामा परिचालन गर्नु परेको थियो । प्रहरीका भ्यानहरुमा नअटाउने भएपछि ट्रकहरुमा आएका प्रहरीहरुले समेत भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

सच्चा सहीद गोबीन्द गौतम को सब यात्रा धनगढी मा ।

Posted by Rom Jung Swar on Sunday, March 12, 2017

तस्विर तथा भिडियो-दिलबहादुर छत्याल र रोमजंग स्वाँरको फेसबुक

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू