अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

मिलन श्रेष्ठको ‘मायालाई चिनो’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन २८ गते ५:१० मा प्रकाशित

पूर्व मोरंगका गायक मिलन श्रेष्ठको पप तथा आधुनिक शैलीका गीत गाएर स्रोतामाझ स्थापित भएका छन् । यतिबेला उनले पूर्वेली भाकाको गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

‘मायालाई चिनो…’गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युवमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा गायक श्रेष्ठ तथा अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् । पूर्वेली भाकामा आधारित यो गीतलाई अहिलेको लोकप्रिय संगीतकार राजनराज शिवाकोटीले संगीतबद्ध गरेका छन् । गीतमा संगीतकार शिवाकोटीकै शब्द सुन्न सकिन्छ । सहस शाक्य यो गीतका संगीत संयोजक हुन् । यो गीत गायक श्रेष्ठको पछिल्लो एल्बम ‘मिलन गीता–२’ मा समावेश गरिएको छ ।

विशाल भण्डारीद्वारा निर्देशित यो भिडियोमा अभिनेत्री केकी अधिकारीले गाउँले सुन्दर युवतीको रुपमा प्रस्तुत भएकी छिन् । हरि हुमागाई“द्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया