अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

किन गरे डा. केशव पौडेलले उम्मेद्धारी घोषणा ?

बिआरटीनेपाल २०७३ फागुन २७ गते ७:४४ मा प्रकाशित

अन्तत डा. केशव पौडेलले एन आर एन (एन सी सी) अमेरिकाको आगामी चुनावमा अध्यक्ष पदका लागी आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । उनी हाल एन आर एन अमेरिकाका अध्यक्ष पनि हुन । नयाँ अध्यक्ष पदको उम्मेद्धारी उनले सन २०१७–१९ सम्मको कार्यकालका लागी दिएका हुन । यसपटक उनी उम्मेद्धार हुन्छन् वा हुदैनन भन्ने धेरैमा दुविधा थियो तर आज उनको अध्यक्षमा उम्मेद्धारी घोषणा सँग सँगै अव सबै अन्योलहरु समाप्त भएका छन् ।

उम्मेद्धारी घोषणा
यसपटक अमेरिकामा अन्य अध्यक्ष पदका उम्मेद्धारहरुको उम्मेद्धारी परम्परागत ढाचाकै थियो । चाहे रविना थापा होस वा डिल्ली भट्टराई अथवा गौरी जोशी । सबै आफू इतर दुई चार जना आफन्त र पत्रकारहरु जम्मा गर्ने, माइकमा भाषण गर्ने कार्यमै अभ्यस्त भएको देखियो । तर डा. केशव पौडेलले भने यसपटक भिन्न तरिका अपनाए । उनका वरिपरि न त उनका सर्मथकहरुको झुण्ड थियो न त पत्रकारहरु नै । उम्मेद्धारी घोषणाका लागी उनले कुनै औपचारिक कार्यक्रम गरेनन । उनले आफ्नै फेसबुक लाइझ मार्फत आफ्नो उम्मेद्धारी घोषणा गरे ।

यसलाई एकाथरीले डा. पौडेल मिडियाबाट बच्न यो हतकण्डामा उत्रेको जनाएका छन् भने अर्काथरीले डा. अहिल्यै आफ्नो सर्मथकहरुको जानकारी गराएर विरोधीलाई चिडाउने रणनीतिमा नलागेको वताउछन । उनी सबैलाई समेटने प्रयासमा निरन्तर रहेको जनाइएको छ । तर उनको यो उम्मेद्धारी घोषणा धेरै एन आर एन अगुवाहरुको अनुमान विपरीत भने थियो ।
किन दिए त उम्मेद्धारी

किन दिए त उम्मेद्धारी
जानकारहरुका अनुसार सुरुमा डा. केशव पौडेल अध्यक्ष पदका महत्वकांशी थिएनन । जुन कुरा उनले पटक पटक विभिन्न कार्यक्रमहरूमा पनि भन्दै आएका थिए । उनी एन आर एन को आइ सी सीमा जान चाहन्थ्ये ।

जब उनको आइ सी सीमा जित हासिल नहुने स्थिति पैदा भयो । उनी दुविधामा थिए । यसविच आफूले पुन अध्यक्षमा उम्मेद्धारी घोषणा गर्दा के होला ? भनी उनले निकैजना सँग सल्लाह मस्यौरा लिएका थिए । सूत्रका अनुसार उनले लगभग तिन चार महिनाको समय यसका लागी खर्चेका थिए । यसका लागी उनले अमेरिकामा रहेका तकरीवन चार पाच सय जना नेपालीहरू सँग त सल्लाह मस्यौरा नै लिए । यसै अवधिमा वर्तमान कार्यसमितिका अधिकांश उनका सहयोगी देखि उनका विरोधी र सर्मथक सबै सँग उनी नियमित सम्र्पकमा रहे । उनका बारेमा पछाडि जसले जे भने पनि उनका अगाडि भने उनलाई अधिकांश नेपालीहरूले चुनावबाट भाग्न नहुने सल्लाह उनलाई दिए ।

उता उनका आफ्नै कार्यसमितिका विभिन्न तहका साथीहरूले एक पछि अर्को गर्दे अध्यक्षको दावा गदै पनि गए तर डा. केशव पौडेलले उनीहरूलाई उम्मेद्धार वन्नवाट रोकेनन । उनले उल्टो सबैलाई उम्मेद्धार बन्न सल्लाह दिई नै रहे । कसैले पनि उम्मेद्धार वन्छु भन्दा उनले आफू उठन सक्ने सुइको सम्म पनि दिएका थिएनन । उनी कानुनी र आफ्नो पक्षमा मौहोलको पर्खाइमा थिए । जुन समय उनले अहिलेलाई उपयुक्त देखे र आफ्नो उम्मेद्धारी घोषणा गरे ।

डा. केशव पौडेलको भाषणको सारसंक्षेप भिडियो:

प्रतिक्रिया