अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

काबुल अस्पताल आक्रमणमा मृतक सङ्ख्या ३८ पुग्याे

बिआरटीनेपाल २०७३ फागुन २६ गते १०:५९ मा प्रकाशित

काबुल, फागुन २६ गते । अफगानिस्तानको सबैभन्दा ठुलो सैनिक अस्पतालमा बुधवार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । चिकित्सकहरु लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यस आक्रमणमा परी ३८ व्यक्तिको मृत्यु हुनुको साथै ७० भन्दा बढी घाइते भएका छन् ।
काबुलकाे सैनिक अस्पताल आक्रमणमा परेकाहरूकाे शाेकाकुल आफन्तहरू ।

छ घण्टासम्म लगातार जारी रहेको यस आक्रमणमा परी प्रायः डाक्टर, नर्स, बिरामीहरू परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । उक्त आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन् । अफगानिस्तानमा जारी हिंसा हत्या र आतङ्कसँग आवद्ध द्वन्द्वमा परी गत वर्ष ३ हजार ४९० व्यक्तिको मृत्यु हनुको साथै अन्य ७ हजार ९२० जना घाइते भएका संयुक्त राष्ट्र सङ्घीय अफगानिस्तान सहयोग मिसनले जनाएको छ । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू