अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

बाना कार्यसमिती चुनाव: अध्यक्ष पदमा अनसुया वन्तको उमेद्वारी किन ?

बिआरटीनेपाल २०७३ फागुन २५ गते २०:५४ मा प्रकाशित

आउँदै गरेको बाना कार्यसमिती चुनावमा अध्यक्ष तर्फ अनसुया वन्तले उमेद्वारी दर्ता गराएकी छन् । २५ बर्ष देखी अमेरिककामा रहंदै आएकी वन्तले आफ्ने उमेद्वारी दर्ता संगै आफ्नो चुनावी घोषणा पत्र पनि सर्वजनिक गरेकी छन् ।

वन्तले आफ्नो चुनावी घोषणा पत्रमा भनेकी छन्

 

सम्पूर्ण मेरिल्यान्ड निवासी आदरानीय नेपाली दाजुभाई दिदी बहिनीहरुमा हार्दिक नमस्कार !!!
आदरणिय बाना सदस्य मित्रहरु, सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी हरु,
म एक कुशल गृहणी, ब्यवसायी र, सबै भन्दा महत्तोपूर्ण, एक समाजसेवीको रुपमा बिगत २५ बर्ष देखी अमेरिकामा बसोबस गर्दै आएकी छु । मेरो २५ बर्से बसाइका केही उल्लेखनिय अनुभवहरुमा न्यू योर्कको manhattan शहरमा पहिलो नेपाली रेस्टुराँ सन्चालन र त्यहाँ नेपाली संस्कृतिको प्रबर्धनका लागि संस्कृतिक  कार्यक्रममा सहभागी हुनु रहेका छन । न्यू योर्कमा आउनु हुने नेपाली दाजु भाई तथा दिदी बहिनीहरु, चाहे कुनै सर्वसाधारण होस् या कलाकार मित्र, सबैलाई सहयोग गर्दै नेपाली भाईचारालाई बिदेशमा पनि सुरु गरेकी थिए। अमेरिका बसाइको सुरुवाती बर्षमा संघर्शरत रहँदा रहँडै पनि म र मेरो श्रीमान श्री ध्रुब वन्त दत्त चित्त भई नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई आवश्यक साथ सहयोग गर्न पाउनु एक जीवन उपयोगी अनुभव रहेका छन ।
म आगामी बाना कार्यसमिती चयनको चुनावमा अध्यक्ष्य पद्का लागि एक उम्मेद्वार यहाँ सम्पूर्ण बाना सदस्यहरु माझ मेरा आफ्ना सोच र कार्ययोजना जानकारी गराउन चाहन्छु । २००९ देखी आज २०१७ सम्म कार्यसमितिको बिभिन्न भूमिकामा बिगत ३ कार्यकालका मेरा बिभिन्न ३ अध्यक्ष्यहरुसँग काम गर्दाको मेरो अनुभव र परोपकारको उर्जालाई आत्मसाथ गरी निस्पक्ष र सहभागिता मुलक नेत्रित्तोको लागी मैले मेरो उम्मेद्वारी दर्ता गराएकी हुँ । बानाको अबको आवश्यकता संस्थागत स्ठायित्व, नेपालीहरु को एकता र बानाका लागि ठोस् निति  निर्माण हो । राजनैतीक सोचलाई पाखा लगाउदै म आफ्नो उम्मेद्बारी मार्फत बल्टिमोरस्थित सम्पूर्ण नेपालीहरुलाई निर्वाचनमा सहभागि भै नयाँ सोच, अनुभव र मार्गदर्शनलाई निर्वाचित  गर्न आव्हान गर्दछु । म मेरो अध्यक्ष्य कार्यकालका लागि निम्न बिषयमा प्रतिबधता पनि जनाउन चाहन्छु ।
– महिला तथा बिभिन्न बिधाका ब्याक्तित्वोहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागि गराउने ।
– आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तर्ता दिने ।
– बानाको कार्यक्रम र कार्ययोजना क्यालेन्डर निर्माण  गर्ने।
– नेपाली पहिचान, कला संस्कृती र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने ।
– लेखा पारदर्शिता  र आकश्मिक् कोश को श्रीजनाका लागि ठोस् पहल गर्ने ।
– नेपाली सुचना र सहयोग केन्द्र स्थापना गर्ने ।
– बानाको सदस्य  बिस्तार गरी सम्पूर्ण बल्तिमोर निबासि नेपालीलाई सहभागि बनाउने ।
– नेपाली ब्यवसाय र उपलब्धिका सुचना सन्कलन तथा प्रकाशन ।
– बानाको पहिचान नेपाली माझ मात्र नभै स्थानिय तथा राज्य स्तर मा पुगिसकेको अवस्था मा यस पहिचान र सम्बन्ध लाई अझ बिस्तार गर्दै जाने ।
महिला सहभगितालाइ जोड दिदै सम्पूर्ण सदस्य मित्रहरुलाई सहभगिमुलक नेत्रित्वोका  लागि मैले मेरो उम्मेद्बारी दिएकी छु ।  बाना लाई नितान्त अराजनैतीक संस्थाको रुपमा नेत्रितो गर्ने, यस्लाई कसैको हस्थक्षेप व प्रभावमा पर्न नदिइ  बानाको उदेश्य र कार्यक्रम अनुसार काम गर्न सन्कल्प लिएर मैले उम्मेद्बारी दिएकी हुँ । तपाईंहरु आँफै मुल्याङ्कन गर्न सक्नुहुन्छ यसकारण ब्यक्तिगत स्वार्थ भन्दा माथी उठी र कुनै राजनैतीक वा समुह बिशेष आस्था राख्ने प्रब्रित्तीलाई निरुत्साहित गर्दै म समाजसेवा र बानाको संस्थागत बिकासका लागि आफ्नो सम्पूर्ण समय योगदान गर्ने सन्कल्प गर्दै अधक्ष्य पदमा बिजयी गराउन हार्दिक आग्रह गर्दछु ।
धन्यवाद ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू