अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

‘राष्ट्रिय नारी सम्मान-२०७३’ बाट ३० नारी एकसाथ सम्मानित

बिआरटीनेपाल २०७३ फागुन २५ गते ५:४९ मा प्रकाशित

लामो समय देखी विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका नारीहरुलाई सम्मान गरिएको छ । १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित बुधबार राजधानिमा आयोजित एक कार्यक्रममा बिबिध क्षेत्रमा योगदान पुर्याउँदै आएका ३० जना महिलालाई एकसाथ सम्मान गरिएको हो ।

फोकस नेपाल र नेपाल सृजनशिल नारी मञ्चलद्वारा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा,महिला ससक्तिकरण र सामाजिक कार्यमा सक्रिय सुमित्रा बस्नेत, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारी, समाजसेवी अस्मिता सुमार्गी, महिला ससक्तिकरण र सामाजिक कार्यमा सक्रिय सुमित्रा बस्नेत, स्त्री रोग विशेषज्ञ जुनु थापा, समाजसेवी पवित्रा लिम्बु, लगायत रहेका छन् ।

शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादवको प्र्रमुख आतिथ्यमा भएको नारी सम्मान कार्यक्र्रममास्थानीय तह निर्वाचनको सफलताका निम्ति महिलाहरुको भूमिकाु विषय विचार गोष्ठी समेत राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू