अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

पत्रकार महासंघमा विजयीलाई ‘लोकप्रिय सन्देश’को सम्मान

बिआरटीनेपाल २०७३ फागुन २५ गते ४:११ मा प्रकाशित

नेपाल पत्रकार महासंघ बाँके शाखाको फागुन १२ गते सम्पन्न ११ औं जिल्ला अधिबेशनबाट निर्वाचित कार्य समिति र पार्षदलाई सम्मान गरिएको छ । नेपालगन्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश दैनिकले मंगलबार औपचारिक कार्यक्रम गरी पत्रिका सम्बद्धलाई सम्मान गरेको हो ।

लोकप्रिय सन्देशका प्रधान सम्पादक गोविन्द शर्मा, प्रबन्ध निर्देशक क्षेत्रनाथ देवकोटा, उपसम्पादक बिनोद भट्टराई र संवाददाता दिनेश ठाकुरलाई सम्मान गरिएको छ ।

महासंघको अधिबेशनबाट शर्मा केन्द्रीय पार्षद, देवकोटा र ठाकुर जिल्ला कार्य समिति सदस्य र भट्टराई प्रादेशिक पार्षदमा निर्वाचित भएका थिए । पत्रिकाका सम्पादक शकील खानले विजयी सहकर्मीहरुलाई हौसला प्रदान गर्दै कार्यकालको सफलताको कामना गर्दै सम्मान व्यक्त गरिएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरे, जिल्ला शाखा अध्यक्ष ठाकुरसिंह थारु, नेकपा एमाले बाँकेका सचिव रत्न खत्री र गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष प्रमोद रिजालले पत्रकार महासंघको निर्वाचनमा विजयी लोकप्रियकर्मीहरुलाई सम्मापत्र सहित सम्मान गरेका थिए । सो अवसरमा केन्द्रीय सदस्य गैरेले बाँकेको पत्रकारिताको विकासमा लोकिप्रिय दैनिकले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

उनले पत्रकार महासंघको जिम्मेवारीलाई सफलतापुर्वक सम्पन्न गर्न आग्रह गरेका थिए । पत्रिकाका सम्पादक शकील खानको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू