अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

युरोपियन भूमिमा डबली सन्ध्याको सानदार धमाका

बिआरटीनेपाल २०७३ फागुन २३ गते २१:०४ मा प्रकाशित

गत फेब्रुअरी २६ तारिख जर्मनीको सुन्दर नगरी ब्रेमेनमा अन्तर्राष्ट्रिय कलाकार मन्च जर्मनिको आयोजनामा कार्यक्रमका संयोजक बेल गुरुङ द्वारा आयोजित डबली साङ्गीतिक सन्ध्या तथा नेपाली गाएन क्षेत्रका धरोहरलाई सम्मान कार्यक्रम भव्य रूपमा सु सम्पन्न गरिएको छ ।

कार्यक्र्ममा जर्मन स्थित कुट्नितिक नियोग बाट नेपाली राजदूत रमेश प्रसाद खनालको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय कलाकार मन्च युरोप महा शाखाका अध्यक्ष दयाराम पौड्याल , एन आर एन जर्मनिका पधाधिकारी एवम् अन्तर्राष्ट्रिय कलाकार मन्च जर्मनी शाखाका संरक्षक लब थापा तथा विभिन्न सामाजिक सङ्घ सस्थाका प्रतिनिधिहरू विद्यार्थी भाइ बहिनीहरू र नेपालबाट समेत पाल्नु भएका आगन्तुक पाहुनाहरुका साथै दर्शकहरुको उपस्थितिमा कार्यक्रममा सम्पन्न गरियो ।

पोर्तुगल निवासी नेपाली गीत सङ्गितिक क्षेत्रलाई नजिकबाट निहाल्न सफल बहु प्रतिभाका धनी कलाकार देव लामा साथ भगवान् भुजेलको शुमधुर प्रस्तुतिले कार्यक्रम लाई थप उचाइमा पुर्याएको आभास भएको थियो । कलाकार देबगुरुङ्ले नयाँ तथा पुराना साङ्गीतिक प्रस्तुतिले दर्शक दिर्घाहरुको माया संगाल्न सफल हुनु भयेको थियो । अर्का मिजासिला कालाकार सुमधुर स्वरका धनी भगवान् भुजेलले कार्यक्रम ड्बली सन्ध्याको उध्घोसण गर्दै मिठा मिठा अनि व्यंग्यात्मक गजल हरुपस्केर कार्यक्रमलाई थप रौनकताले दर्शक दिर्घालाई तताएको थियो ।

त्यस्तै कार्यक्रममा बाल कलाकार मलिसा गुरुङ द्वारा भव्य स्वागत नृत्य प्रस्तुत गरेर आगतुक माहानु भाबहरु प्रति कृतज्ञता व्यक्त गरिएको थियो भने साथमा ब्रेमन युनिभर्सिटी बाट आउनुभएका विद्यार्थी कलाकारहरूले प्रहसन जुगल नृत्य पस्केर कार्यक्रलाइ भरपुर मनोरन्जनात्मक बनाएको दर्सकहरुमा चर्चा थियो ।

त्यस्तै कार्यक्रममा नेपाली गायेन क्षेत्रका साधाक ए पी सेर्पा लाई अन्तर्राष्ट्रिय कलाकार मन्च जर्मनी शाखाका अध्यक्ष तथा युरोप महाशाखा अध्यक्ष तथा प्रतिनिधि द्वारा सन्युक्त रूपमा विशेष सम्मान प्रदान गरी नेपाली कला सास्कृतिक क्षेत्रमा विशेष योगदान पुर्याए बापत सम्मनित हुनुभएको थियो ।

सम्मान ग्रहण पश्चात् सम्मानित व्यक्तित्व कलाकार ए पी सेर्पा द्वारा सुप्रसिद्ध कलाकार स्वर्गीय खेमराज गुरुङलाई स्मरण गर्दै वाहाको लोकप्रिय सुपर हिट गीत * वारि जमुना पारी जमुना * गाएर भव्य रूपमा उपस्थित हुनुभएका दर्सकहरुलाइ नाच्न बाध्य बनाइ कार्यक्रमलाई मनोरञ्जनको उत्कर्षमा पुर्याएका थिए । भने उक्त डबली सन्ध्या कार्यक्रमको संयोजन आइ ए एफ जर्मनी शाखाका अध्यक्ष बेल गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन काजी रानाले गर्दै समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू