अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

दुई भारतीय नागरिक ९९ के.जी केजी चरेससहित चितवनमा पक्राउ

बिआरटीनेपाल २०७३ फागुन २३ गते १३:१२ मा प्रकाशित

प्रकाश सिग्देल, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ९९ के.जी केजी अवैध लागु औषध चरेससहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । लागु औषध नियन्त्रण विशेष अभियान अन्तर्गत जेएच ०४वि ०४४५ भारतीय नम्बर प्लेट भएकोे टाटा सुमोे गाडी सहित १९८ थान पोका अन्दाजी ९९ के.जी लागु औषध चरेस र २ भारतीय नागरिक पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले बताउनु भयो । भारत कठियामठिया ७ बस्ने वर्ष ३७ को गाडी चालक सुधन साह र भारत रक्सौल कोईरिया टोल ६ बस्ने वर्ष २५ को गाडीमा सवार आदित्य साह लाई पक्राउ गरिएको उहा बताउनु हुन्छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक जयनारायण यादवको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान ५:१७ बजे कविलास १ जुगेडीबाट टाटा सोमु गाडीमा फल्स बटन बनाई लुकाई छिपाई ल्याएको चरेस बरामद गरेको हो । विशेष सूचनाको आधारमा भारतीय नम्बर भएको टाटा सुमोमा लागु औषध लुकाई छिपाई ल्याएको छ भन्ने सूचनाको आधारमा जिल्लाको डिआईटि, क्षेत्रीय प्रहरी कार्यालय हेटौडा बाट खटिएको आरआईटी र क्याप टोली समेतको संयुक्त प्रहरी टोलीले पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

भारतीय बजारमा करिब एक थान पोकाको ५ हजार रुयैया मूल्य पर्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिनु भयो । दुई दिन अगाडी नेपाल आएको गाडीले धादिङ्गदेखि भारत तर्फ लैजादै गर्दा नारायणगढ– मुग्लिङ्ग सडक खण्डको जुगेडीको चेकप्वाईन्टमा उसलाई नियन्त्रणमा लिइएको हो । साथै पक्राउ परेका दुवै जना विरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत लागु औषध ओसार पसार तथा विक्री वितरण कसुरमा आईतबारै म्याद थप गरी मुद्दा दर्ता गरिएकोे चितवन प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार यो निैकै ठुलो सफलता हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू