अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैन् -एमाले नेता अधिकारी

बिआरटीनेपाल २०७३ फागुन २३ गते ९:०१ मा प्रकाशित

नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउनुभएको छ ।

रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताउँदै संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्ने बताउनुभयो । निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उहाँले बताउनुभयो ।

उहाँले एमालेलाई विकासविरोधी भन्नेहरुलाई प्रमाणीत गर्न चुनौती दिर्दै निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने बताउनुभयो । एमालेको मेची महाकाली अभियान देखेर केहि शक्तिहरु तर्सिएकाले अभियान बिथोल्न लागिपरेको उहाँले बताउनुभयो ।

संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उहाँले निर्वाचनमा मधेशी मोर्चा पनि सहभागि हुने बताउनुभयो । मुलुकलाई अराजनीतिक कुरीति तर्फ लैजान सरकारका प्रतिनिधिहरु लागिपरेको बताउँदै उहाँले अभियानलाई कसैले रोक्न खोजेमा उनीहरु मुलुक नचाहाने तत्वाहरु भएको बताउनुभयो । प्रजातान्त्रिक पद्धतिमा हरेक हरेक राजनीतिक पार्टीलाई राजनीतिक सभा गर्ने छुट रहेको बताउँदै अभियान विथोल्न खोज्नेहरु राष्ट्र र राष्टियताविरोध भएको बताउनुभयो ।

उहाँले एमालेको संयमतालाई कायरताका रुपमा नबुझिदिन आग्रह गर्दै उहाँले लोकतन्त्रमा निर्वाचनमा डराएर देखाउन चुनौती दिनुभयो । एमालेले तराई मधेशका जनतालाई सचेत गराउन जागरण अभियान थालेको बताउँदै एमालेको जागरण अभियानलाई चुनावी अभियानका रुपमा नबुझनसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, मधेशी मोर्चालाई थाती राखेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्छ । तोकिएको निर्वाचनमा निर्वाचन गर्नुको विकल्प छैन् ।

संविधान संशोधन प्रस्ताव नेपाली जनताको पक्षमा नभएको बताउँदै नेता अधिकारीले मधेशी मोर्चाको विरोध भन्दै विद्यार्थी निर्वाचन जस्तै खण्डखण्ड निर्वाचन गराएर कमजोरी नदेखाउन र निर्वाचनको सुनिश्चिता देखाउन सकारलासँग मागसमेत गनुभयो ।

देशमा वैदेशिक हस्तक्षेप बढिरहेको बताउँदै वैदेशिक हस्तक्षेप रोकेर आफनै खुटटामा उभिन नसकेसम्म राज्य सञ्चालनमा अराजकता कायम भइरहने उहाँले बताउनुभयो । उहाँले सरकार हरेक पाइलामा चुकिरहेको बताउँदै राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक नियुक्त जस्ता विषयमा सरकार चुकेको टिप्पणी गर्नुभयो । प्रहरी हानिरीक्ष नियुक्तिमा गाईजात्रा देखाएर सरकारले जनतालाई हसाएर सरकार असफल भइसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू