अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

झुम्यो कोलोराडो शेर्पा लोसारको रौनकमा (फोटो फिचर)

बिआरटीनेपाल २०७३ फागुन २३ गते ४:०९ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा रहंदै शेर्पा समुदायले मनाउँदै आएको शेर्पा लोसार यो बर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ । शेर्पा साथै नेपाली समुदायको उपस्थिीतमा नेपाली तथा शेर्पा संस्कृति झल्कने, नृत्य,संगीत प्रस्तुती र बिबिध कार्यक्रमका साथ कोलोराडोमा शेर्पा लोसार सम्पन्न भएको हो ।

कार्यक्रम संचालक निमा ग्याल्जेन शेर्पाले बिहान १० बजेबाट सुरु गरेको कार्यक्रम राती ११ बजे सम्म चलेको थियो । नेपाली राष्ट्रिय गान गाएर औपचारिक सुरुवात गरिएको कार्यक्रममा शेर्पा संस्कृतिसंग सम्बन्धीत गीत र नृत्य साथै नेपाली पुराना लोकगीतहरु प्रस्तुत भएका थिए । यो वर्षका आयोजकहरुमा सोनाम शेर्पा, बबी शेर्पा, निमा रिता शेर्पा, मिङ्मा छिरिङ्ग शेर्पा र लाक्पा शेर्पा रहेका छन् । 

कार्यक्रममा गौतम सागर राई, लाक्पा गेलु शेर्पा एन्जिमा कर्मा शेर्पा र थुप्पेन शेर्पाले नेपाली र शेर्पा गीतहरु सुनाएका थिए भने पासाङ योङदी शेर्पा, आङमेन्दो शेर्पा, एन्जीमा छाम्जी शेर्पा,दनुरु शेर्पा, पासाङ तेम्वा शेर्पा, निमा कर्मा शेर्पा, एन्जीमा कर्मा शेर्पा, आङ दोर्चि शेर्पा, गागा छाम्जी शेर्पा, नवाङवा आङचु शेर्पा, गागा दलि शेर्पा, दावा शेर्पा लगायतले शेर्पा परम्परा संग जोडिएका पुरानो शेर्पा नृत्य प्रस्तुत गरेका थिए भने अक्कल तामाङ र उनकी श्रीमतीले पनि शेर्पा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

शेर्पा हाउस रेस्टुरेन्ट र कल्चरल सेन्टरले कार्यक्रममा आउनेहरुका लागि लन्च र हिमालयन रेस्टुरेन्टले डिनरको ब्यवस्था गरेको कार्यक्रममा उपस्थित नयाँ तथा पुराना पुस्ता पनि शेर्पा मौलिक संस्कृतिका भेषभुषामा देखिन्थे ।

कार्यक्रममा २ वटा तिब्बतीयन नृत्य पनि प्रस्तुत भएको थियो । तिब्बतियन एसोसिएसन अफ डेनभरको प्रस्तृती रहेको उक्त नृत्यमा तेन्जिङ तेसेरिङ नामका पुराना ब्यक्ती र युवा साथै कर्मा ईशा, पासाङ ल्यामो, जेकी,कुन्साङ, ईम्मा लगायत कलाकारले नृत्यु प्रस्तुत गरेका थिए

साँझ ५ ३० सम्म चलेको स्टेज प्रोगाम सक्किएपछि दोस्रो चरणमा आउँदो बर्ष कसले शेर्पा लोसार आयोजना गर्ने भन्ने बिषयका लागि पनि छलफल कार्यक्रम राखिएको थियो । डिजे जङ्बु शेर्पा साथै अन्य डिजेहरुको उपस्थितीमा राती करिव ११ बजे सम्म शेर्पा र नेपाली गीतहरुमा शेर्पा लोसार मनाउन पुगेकाहरु झुमेका थिए ।बिदेशीहरुको समेत उपस्थिती रहेको कार्यक्रमलाई बिआरटी नेपाल डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

आयोजकहरु सोनाम शेर्पा, बबी शेर्पा, निमा रिता शेर्पा, मिङ्मा छिरिङ्ग शेर्पा र लाक्पा शेर्पा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू