अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

सुखानीका सहिदको श्रद्धाञ्जलीपछि मेची-महाकाली राष्ट्रिय अभियान सुरु

बिआरटीनेपाल २०७३ फागुन २१ गते ९:१२ मा प्रकाशित

झापा विद्रोहका ५ सहिदहरुको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्दै नेकपा एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान आज जिल्लाको दमक आइपुगेको छ ।काँकडभिट्टामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश नम्बर १ संयोजक भीम आचार्यलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभयो ।

त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वय र निर्वाचन हुन नदिने प्रयासलाई परास्त गर्दै अभियानले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न मद्धत गर्ने बताउनु भयो ।

उहाँले भुगोल र जातका नाममा देशलाई विखण्डन गर्ने शक्ति अहिले पनि क्रियाशिल रहेको भन्दै ओलीले मुलुकको रक्षा र स्वतन्त्रताका लागि अभियान सञ्चालन गरिएको चर्चा गर्नुभयो ।

अभियान कुनै जाती विशेष नभएकोले शान्तिपूर्ण हुने जनाउँदै ओलीले संविधान संसोधन प्रस्ताव संविधानको विरुद्धमा भएको भन्दै कुनैपनि सर्तमा त्यसलाई पास नगरिने दोहोर्याउनु भयो ।

एमालेको झापा जिल्ला पार्टी कार्यालयमा हिजो उपलब्ध एमाले स्थायी कमिटी सदस्यको बैठक बसी झापा विद्रोहका ५ विद्रोहीले सहादत प्राप्त गरेको दिन नै शुरु हुने मेची–महाकाली राष्ट्रिय अभियान कार्यक्रमको योजनामाथि छलफल भएको थियो ।

अभियानमा अध्यक्ष ओलीका साथै उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराईका साथै विशिष्ट नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, मुकुन्द न्यौपाने, भीम रावल सहित सहभागि हुनुभयो ।

इलामको दानावारी ३ को सुखानी सहादतस्थल र शनिश्चरेस्थित सहिदसुखानी स्मृति पार्कमा निर्माण भएको ५ सहिदको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरिसकेपछि मेचीको काँकडभिट्टाबाट अभियान अगाडि बढेको थियो ।

एमाले झापा अध्यक्ष चिन्तन पाठकले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको सपनालाई साकार पार्ने क्रममा संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन तथा हिमाल, पहाड र तराईको एकता प्रष्ट्याउदै राष्ट्यि स्वाभिमानको अभियान अगाडि बढेको जनाउनु भयो ।

पञ्चायती व्यवस्थाको विरुद्ध आवाज उठाउँदा पक्राउ परेका कम्यूनिष्ट विद्रोहीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेण्ठलाई झापा जेलबाट इलामतर्फ सार्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानी जङ्गलमा गोली हानी हत्या गरिएको थियो ।

विहान ८ बजे सुखानी सहादतस्थलमा एमाले उपाध्यक्ष बामदेव गौतम र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र सोही समयमा सुखानी पार्कमा अध्यक्ष ओली सहभागि भई सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यस्तै, बुधबारेस्थित सहिद राम प्रधानको शालिकमा भीम रावल, गरामनीस्थित सुखानी सहिदको स्मारकमा माधवकुमार नेपालले श्रद्धाञ्जली अर्पण कार्यक्रमको अगुवाई गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सम्बोधन गरेपछि झापाली सहिद परिवारलाई सम्मान र साँस्कृतिक कार्यक्रम सकेर सयौं ठूला बस, सयौं साना गाडी र हजारौं मोटरसाइकलमा सहभागिहरुको र्याली पश्चिमतर्फ अगाडि बढेको थियो ।

त्यसपछि विर्तामोडमा जनसभा गर्दै ०२८ सालको आन्दोलनसँग जोडिएका ७० वर्षमाथिकालाई सम्मान गरिने कार्यक्रम रहेको छ । साँझ दमकमा जनसभाको कार्यक्रम सम्पन्न गरी टोली दमकमा बास बसेको छ ।

र्यालीलाई झापाका विभिन्न चोकमा स्थानीयले उत्साहित रुपमा स्वागत गरेका थिए ।

दोस्रो दिन मोरङको उर्लाबारीमा १० बजे कोणसभा गर्दै पश्चिम बढेको टोली पथरी, कानेपोखरी, लक्ष्मीमार्ग, बेलबारीमा कोणसभा गर्दै मध्यान्ह १२ बजे विराटचोकमा जनसभामा परिणत हुने छ ।

सो दिन सुनसरीको इटहरीमा जनसभा गरेर टोली त्यही वास वस्ने कार्यक्रम रहेको छ ।

पूर्वपश्चिम मुख्य सडकमा जनसभा समेत गर्दै १५ दिनसम्म सञ्चालन हुने अभियान चैत ५ गते सुर्खेतमा पुगेर सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू