अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

बर्खास्तको लागि दबाव आईरहेका महान्याधीवक्ता सेसन्सको बचाउमा ट्रम्प

बिआरटीनेपाल २०७३ फागुन २१ गते ४:१४ मा प्रकाशित

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्तको लागि दवाव आईरहेका महान्याधीवक्ता जेफ सेसन्सको बचाउ गरेका छन् । ट्रम्पको चुनावी अभियानको क्रममा रुसका राजदूतसँग दुई पटक भेटवार्ता गरेको खुलासा अमेरिकन न्याय विभागले पुष्टि गरे पछि डेमोक्र्याटिक पार्टीका सिनेटरबाट बर्खास्तको दवाव दिईरहेका बेला ट्रम्प भने सेसन्सकै पक्षमा उभिएका हुन् ।

सेसन्स इमान्दार मानिस रहेको दाबी गर्दै ट्रम्पले डेमोक्र्याटले चुनावमा बेहोरेको हारको बदला लिनका लागि सेसन्समाथि नचाहिने आरोप लगाएको दाबी गरेका छन् ।

सेसन्स ट्रम्प राष्ट्रपति बनेपछि महान्यायाधीवक्तामा नियुक्त भएका हुन् । गत बर्ष चुनावी अभियानको क्रममा अमेरिकाका लागि रुसी राजदूतसँग दुई पटक भेटवार्ता गरेको अमेरिकाको न्याय विभागले पुष्टि गरिसकेको छ । जुन समय सेसन्स सिनेटको सैन्य सेवा समितिको सदस्य थिए ।

यतिबेला डेमोक्र्याटिक पार्टीका सिनेटरले सेसन्सले रुससँगको सम्बन्धका बारेमा झुट बोलेको भन्दै राजीनामाको माग गरिरहेका छन् भने सेसन्सले रुसी राजदूतसँगको आफ्नो भेट चुनावी अभियानसँग सम्बन्धित नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू