अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

आतंकवादी संगठन आईएसलाई ध्वस्त पार्ने योजनामा ट्रम्प

बिआरटीनेपाल २०७३ फागुन २० गते ३:२४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले आतंकवादी संगठन आईएसलाई ध्वस्त पार्ने योजना बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।  आफ्नो कार्यभार समालेपछि पहिलो पटक कंग्रेसलाई सम्बोधन गरिएको कार्यक्रममा ट्रम्प मुस्लिम विश्वका मित्र तथा गठबन्धन मुलुकहरूसँग सहकार्य गरेर आतंकवादी संगठन आईएसलाई ध्वस्त पार्ने योजनाका लागि निर्देशन दिएको बताएका हुन् ।

उग्र इस्लामिक आतंकवादबाट देशलाई बचाउन कडा कदम चालिने बताएका ट्रम्पले देशको सेवा, संरक्षण र प्रतिरक्षा गर्ने प्रतिबद्धता अनुसार कडा कदम चाल्नु पर्ने आवश्यकता औंलयाएका हुन् ।

‘उनले भने, हामी अमेरिकाभित्र आतंकवादको मोर्चा बन्न दिँदैनौं, देशलाई अतिवादीहरूको आश्रय थलो बन्न दिन हामी सक्दैनौं,’ ‘देशलाई सुरक्षित राख्न चाँडै नयाँ कदम चालिनेछ र अमेरिकाका लागि खतरा बन्न सक्नेहरूलाई हटाइनेछ ।’

दक्षिणी सीमामा पर्खाल निर्माणको काम चाँडै थाल्ने जानकारी दिँदै ट्रम्पले निर्माण निर्धारित समय अगावै निर्माण सुरु हुने र सम्पन्न भएपछि लागूऔषध र अपराधविरुद्धको प्रभावकारी हतियार सावित हुने भन्दैै उनले समाजका लागि खतरा भएका ग्याङ, लागूऔषध व्यापारी र आपराधिक व्यक्तिलाई अमेरिकाबाट हटाइने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू