अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

रोक्कीएको स्ववियु चुनाव २३ गते हुने निर्णयको बिरोधमा आरआर क्याम्पसमा फेरी तनाव

बिआरटीनेपाल २०७३ फागुन १९ गते २३:२८ मा प्रकाशित

एक अर्काको बिरोधका कारण बुधवार स्ववियु चुनाव हुन नसकेको राजधानिको आरआर क्याम्पसमा फेरी तनाव भएको छ । बुधवार रोकीएको चुनाव २३ गते हुने घोषणा गरिएको आरआर क्याम्पसमा नेविसंघ, अखिल क्रन्तिकारी र मोहन वैद्य निकट क्रान्तिकारीले क्याम्पस प्रशासनले आफूहरुको रोहवरमा नभई एकल निर्णय गर्र्दै चुनावको मिति घोषणा गरेको भन्दै विरोध प्रदर्शन गरे पछि आज फेरी तनावको स्थीती सृजना भएको हो ।

अहिले एकपक्षीय विद्यार्थीहरु स्ववियु निर्वाचनको माग गर्दै आन्दोलनमा छन् भने अर्काेपक्षीय विद्यार्थीहरु पठनपाठनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थीहरु कमल जोशी, संगीत ढकाल, पुस्कर वास्तोला र सुजन बञ्जारा घाईते भएका छन् । उनीहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू