अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

ल्होछारले ओसार्यो लस् एन्जलसमा (फोटो फिचर)

बिआरटीनेपाल २०७३ फागुन १९ गते १७:३१ मा प्रकाशित

लस् एन्जलस् फेब्रुअरी २७ । लस् एन्जलस् बासी तमाङ्ग समुदायले चरा वर्षको रूपमा मानिने सोनाम ल्होछार भव्य रूपमा मनाएका छन् । तमाङ्ग सोसाइटी अफ अमेरिकाको छाता सङ्गठनको रूपमा नबगठीत लस् एन्जलस् च्याप्टरको आयोजनामा कार्यक्रम गरिएको थियो । जुन कार्यक्रमले न्यु योर्क, सन्फ्रान्सीस्को लगायत अरू विभिन्न राज्य र क्षेत्रबाट सहभागीहरू ओसार्यो ।  

कार्यक्रमको सभापतित्व संस्थाका नबनियुक्त अध्यक्ष टेक लामाले गरेका थिए भने सञ्चालन संस्ठा कि महासचिव डोल्मा लामाले गरेकी थिइन । प्रमुख अतिथि ग्रहण गरेका शान्ता ठोकरले आफ्नो मन्तव्य दिने क्रममा नेपालमा एउटा छुट्टै भाषा, कला,संस्कार र संस्कृति बोकेको तमाङ्ग समुदायको विकास तथा उत्थान गर्नुका साथै यसको प्रबर्धन र सम्बर्धन गर्न अमेरिकी भूमिमा छुट्टै संस्था खोलिएको हो भने । 

यसको लागि आफ्नै सामुदायिक भवनको जरुरत पर्ने देखिएको छ । त्यसैले उक्त कार्य सफल पार्न अमेरिकाका विभिन्न राज्यमा आर्थिक सहयोगका लागि अपिल गरी रहे जसरी लस् एन्जलसका सक्षम र मन्कारी दाताहरु सामु पनि सविनय अनुरोध गर्दछु भने । छोटो समयावधिमा यो भव्य र सभ्य कार्यक्रम गर्न सफल भएकोमा च्याप्टरका समस्त पदाधिकारीहरुलाई धन्यवाद दिँदै कार्यक्रममा उपस्थित समस्त महानुभाबहरुमा ल्होछरको शुभकामना व्यक्त गरे ।

विशेष आतिथिको स्थानमा रहेका आदिवासी जनजाति महासङ्घका अध्यक्ष लुइसाङ्ग वाइबाले आफ्नो संस्था नेपालका कुनै पनि राजनैतिक् पार्टीहरूको भात्री सङ्गठन नभएको बताए । कसैको प्रतिस्पर्धा, विरोध तथा अन्धो समर्थन गर्दैन र जातीय बिखण्डन पनि गर्दैन । बरु, यसले त बहु भाषा,कला र संस्कृति बोकेका उत्पीडित आदिवासी समुदायहरुलाई एकताबद्ध गराई समग्र प्रवासी नेपालीहरू बिच हातेमालो गरी सुन्दर मिनी नेपाल बनाउने अवधारणा बोकेको छ भन्दै सोनाम ल्होछारको उपलक्षमा शुभकामना व्यक्त गरे । 

सन्फ्रान्सिस्कोबाट सहभागी हुनआएका समूह मध्यबाट तमाङ्ग को-अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष भोज कुमार दोङ्गले आफूलाई यस भव्य कार्यक्रममा आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवाद दिँदै सोनाम ल्होछारको शुभकामना व्यक्त गरे ।

लस् एन्जलसका लागि नेपाली पर्यटन दुत रमेशवर भण्डारी, सिटी अफ आर्टेसियाका प्लानिङ्ग कमिसनर भक्त थापा,जुझारु नेत्री तथा समाजसेवी उमा कार्की थापा आदिले सुन्दर कला र संस्कृति बोकेको तमाङ्ग सोसाईटीलाई सोनाम ल्होछारको उपलक्षमा शुभकामना व्यक्त गरेका थिए । 

भिमसेन तमाङ्गको निर्देशानमा तयार पारीएका आफ्नो संस्कृति झल्किने न्रित्यहरु देखाइनुका साथै अन्य विविध न्रीत्यद्वारा भरपुर मनोरन्जन गराइएको थियो । नेपालकी चर्चित गायिका नलिना चित्रकारले सहभागीहरुलाई छम-छमी नचाएकी थिइन भने चर्चित हास्य कलाकार फिष्टेले पेट मिच्नु पर्ने गरी हसाएका थिए । न्युयोर्कबाट आएकी हसाउन पनि र नचाउंन पनि सिपालु डोल्मा लामाको सुरमा हांस्दा- हांस्दा र नाच्दा नाच्दा सहगीहरु लखत्रान परेका थिए भने आयोजकहरु काम गर्दा-गर्दा लखत्रान परेका थिए।

सोचे भन्दा बढी सङ्ख्याको सहभागिताको कारण खानाको व्यवस्थापन गर्न धौ-धौ भयो भन्दै थिए खाना ब्यबस्थापक बलराम तामाङ र एकाउण्टेण्ट बिन्दु लामा । कार्यक्रम तारा हिमालयन कुजिन आर्टेसियामा भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू