अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

अमेरिककी संयुक्त राष्ट्रसंघका पूर्व राजदुत मन्जिव सिंह नेपालका लागि भारतिय राजदुतमा सिफारिस

बिआरटीनेपाल २०७३ फागुन १८ गते ५:४८ मा प्रकाशित

नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिव सिंह पुरीको नाम प्रस्ताव गरिएको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बुधबार आफ्नो ३ वर्ष ६ महिना लामो कार्यकाल पूरा गरी भारत फर्किएपछि उनको स्थानमा मन्जिव सिंह पुरीको नाम प्रस्ताव गरिएको हो ।

सन् १९५९ फेब्रुअरी १५ मा नयाँ दिल्लीमा जन्मिएका पुरी भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेमवर्गका राजदूत हुन्। दिल्ली विश्वविद्यालयको सेन्ट स्टेफेन कलेजबाट अर्थशास्त्रमा बिए (अनर्स) गरेका पुरीले भारतीय परराष्ट्र सेवामा सन् १९८२ ब्याचका पुरीले संयुक्त राष्ट्र संघका लागि भारतका उप-प्रतिनिधिको रुपमा समेत काम गरिसकेका छन्। भारतीय सेक्युरिटी काउन्सिलको बरिष्ठ सदस्यको रुपमा समेत २०११ देखि २०१२ सम्म काम गरेका थिए।
१९५९ मा जन्मिएका पुरीले यसअघि सन् २००९ देखि २०१३ सम्म अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघका लागि भारतको राजदूत तथा सहयक स्थायी प्रतिनिधिको रुपमा पनि काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू