अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

संविधान कार्यान्वयनका लागि निर्वाचन- प्रमुख आयुक्त यादव

बिआरटीनेपाल २०७३ फागुन १७ गते ४:५७ मा प्रकाशित

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोदीप्रसाद यादवले संविधान कार्यन्वयनको लागि निर्वाचन आवश्यक रहेको बताएका छन् नवलपरासीको कावासोतीमा सोमबार आयोजित नेपाल जेसीजको नोम र लोम लिडर्स एकेडेमी कार्यक्रमका प्रमुख अतिथि यादवले सो कुरा बताएका हुन् ।
उनले अहिले लोकतन्त्रमा विधिको शासनको आवश्यक्ता रहेकाले सबै युवा शक्ति निर्वाचनमा लाग्न आगृह समेत गरेको नेपाल जेसीजका नेशनल मिडिया चेयरमेन दीपेन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।

नवलपुर जेसीजको आतिथ्यतामा नेपालभरीका जेसीज शाखा अध्यक्ष। महासचिव, कोषाध्यक्षको सहभागितामा भोलीसम्मको २ दिने लिडरशिप एकेडेमी चलिरहेको छ ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी को अध्यतामा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षहरुले तालिमको सहजिकरण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू