अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

एनआरएनलाई विशुद्ध सामाजिक संस्था बनाउछु – गौरी जोशी

बिआरटीनेपाल २०७३ फागुन १६ गते १९:०८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकामा यतिखेर नेतृत्वका फेसबुक मात्र हैन विभिन्न सहरहरूमा आफ्नो उमेद्वारीको कारण बताउँदै धेरै भेला हुन् थालेका छन् । गत आईतवार यसै क्रममा टेक्सासबासी अध्यक्ष पदका उमेदवार गौरी जोशीले पत्रकार सम्मेलनको आयोजना गरे ।

कार्यक्रममा जोशीले आफू राम्रो भाषण गर्न नजान्ने तर जे बोल्यो त्यही गर्ने बताउदै आफ्नो भावी योजना तथा कार्यक्रमको बारेमा लिखित बक्तब्य पढेर सुनाएका थिए । उनको बक्तब्य सकिएपछि सहभागी पत्रकारहरुले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए ।

उक्त सम्मेलनमा जोशीले आफ्ना एजेण्डाहरुमा अमेरिकामा रहेका नेपालीहरूको क्षमता विकास गर्ने, अमेरिकामा रहेका नेपाली युवाहरूलाई एकजुट बनाउन भूमिका खेल्ने साथै अमेरिकामा रहेका नेपालीहरूलाई प्रार्थमिकतामा राखेर काम गर्ने बताएका छन । बक्तब्य तथा जवाफका क्रममा उनले राजनीतिका कारण समाज सही बाटो लिन नसकेको बताए र आफूले एनआरएनलाई विशुद्ध सामाजिक संस्था बनाउने उद्घोष गरेका छन ।

टेक्ससबाटै अध्यक्षका लागि अर्को उमेद्वारको चर्चाको सम्बन्धमा जिज्ञासा राख्दा जोशीले यदि अर्को उमेदवार बलियो देखिए आफू सहमतिको लागी त्याग गर्न तयार रहेको बताए । कार्यक्रममा टेक्ससका समाजसेवी डा. मुरली अधिकारी, एनआरएन टेक्ससका अध्यक्ष उत्तम लामिछाने तथा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले उम्मेदवारहरुलाई शुभकामना दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू