अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

शिवरात्रीको लागि डोलेश्वर आएका साधुसन्त र नागाबाबाको बिदाई

बिआरटीनेपाल २०७३ फागुन १४ गते ९:३६ मा प्रकाशित

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्त र नागाबाबाहरुलाई आज बिदाई गरिएको छ । बिदाईको क्रममा साधुसन्त र नागाबाबाहरुलाई दक्षिणाका साथ एक थान कम्बल, २ थान धोती र १ थान कमण्डलु प्रदान गरि विदाई गरिएको हो ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । जसअनुसार क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय ११, ख वर्गलाई नगद ७ सय ७७ रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको हो ।

डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तहरुको आगमन हुने गरेको हो । यस वर्ष २ सय ५० साधुसन्तहरुको आएको समितिले जनाएको छ । डोलेश्वरमा शिवरात्री पर्वका लागि गत दुई हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए ।

मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू