अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

सेना दिवस तथा शिवरात्रीको अवसरमा रक्तदान

बिआरटीनेपाल २०७३ फागुन १३ गते ६:४१ मा प्रकाशित

सेना दिवस तथा महाशिवरात्रीको अवसरमा श्री बीरदल गणले भक्तपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । भक्तपुर सल्लाघारी स्थित सैनिक आवासिय महाबिद्यालयको खेल मैदानमा बीरदल गणले भक्तपुर रेडक्रस सोसाईटीको संगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

साताब्यापी सफाई अभियान मनाएको गणले सरसफाई कार्यक्रममको अन्तिम दिन बिहिवार आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली सेनाका सकल दर्जा र सैनिक आवासिय महाबिद्यालयमा अध्ययनरत छात्र, छात्राहरु गरी एक सय पैंतालीसले रक्तदान गरेका थिए ।

त्यस्तै भक्तपुर जील्लाभरी नै सरसफाईमा जुटेका गणका सेनाहरुले भक्तपुर नगर भित्रका ऐतिहासिक मठ मन्दिर तथा बिभिन्न स्थानका साथै अन्नतलिगेंश्वर नगरपालिका र सूर्यबिनायक नगरपालिका लगायतका ठाउँहरुमा सरसफाई गरेका थिए ।

प्रतिक्रिया