अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

अनेसासले पोखरामा सम्मान गर्‍यो

बिआरटीनेपाल २०७३ फागुन ७ गते १५:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल (अनेसास नेपाल ) गण्डकी समितिले आज २०७३ फागुन ७ गते वरिष्ठ स्रष्टा चेतन कार्कीको अभिनन्दन, स्रष्टाहरु तिर्थ अधिकारी (अमेरिका) र रामकाजी कोनेको सम्मान कार्यक्रमको आयोजना पोखरामा गरेको छ ।

उहाँहरूलाई अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राधेश्याम लेकालीले वरिष्ठ स्रष्टा चेतन कार्कीलाई अभिनन्दन र स्रष्टाहरु अधिकारी र कोनेलाई सम्मान गर्नु भएको हो । सोही कार्यक्रममा स्थानीय सस्थाहरु हिमाली सास्कृतिक परिवार र कल्याण शेरचन प्रतिष्ठानले अभिनन्दित कार्की र सम्मानित सष्टाहरुलाइ सम्मान गरेका थिए ।

सो कार्यक्रम समितिका अध्यक्ष दुर्गा शाह बाबाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा स्रष्टाहरु प्रकाश सायमी, मुरारी सिग्देल, सुवासचन्द्र दुङ्गेल, भुपनीधि पन्त, प्रा. डा. यामबहादुर छेत्री, अश्फल गौत्तम, लोकगायिका प्राज्ञ हरिदेवी कोइराला, अध्यक्ष दुर्गा शाह बाबा, तीर्थराज अधिकारी, रामकाजी कोने, प्रमुख अतिथि राधेश्याम लेकाली र चेतन कार्कीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न स्रष्टाहरुले मुक्तक, गीत र कविताहरू वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू