अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

शिशु निकुञ्जलाई स्वर्ण पदक

बिआरटीनेपाल २०७३ फागुन ७ गते ४:४८ मा प्रकाशित

सीतापाइलास्थित शिशु निकुञ्ज उच्च माविले सातौँ राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन शुक्रबारको खेलमा कुमुतेतर्फ च्याम्पियन भएको छ ।अनुपम स्कुललाई पराजित गर्दै शिशु निकुञ्ज सपना बुढामगरले स्वर्ण पदक हात पारेकी हुन् ।

उद्घाटन खेलमा टिम काता पुरुषतर्फ सीतापाइला उच्च माविका विद्यार्थी प्रदीप राई,सरोज दाहाल र विजय क्षेत्रीले स्वर्ण पदक हासिल गरे । टिम काता महिलातर्फ सोही विद्यालयका निशा श्रेष्ठ,सुजना तामाङ्ग र सीता तामाङ्गले स्वर्ण पदक हात पारे शिशु निकुञ्ज उच्च माविकी सुशीला मोक्तान,कुसुम तामाङ्ग र लक्ष्मी दुलालले कास्य पदक प्राप्त गरे ।

एकल कातातर्फ सीतापाइला उच्च माविका प्रदीप राईले स्वर्ण पदक र शिशु निकुञ्जका निखिल केसीले कास्य पदक पाएका छन् ।

प्रतियोगिताको उद्घाटन नेपाल कराँते महासंघका महासचिव तथा नेपाल वादोरियो कराँते डो संघका अध्यक्ष हरिशरण केसीले गरेका थिए ।उद्घाटन समारोहमा नेपाल सोतोकान कराँते एसोसिएसनका प्रमुख प्रशिक्षक श्याम शेर्पाले कराँते खेल विद्यालय तहमा लोकप्रिय भएको बताउँदै सोको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए ।साइन मोडल स्कुल,काठमाडौँका प्रिन्सिपल राजु मानन्धरले नेपालको खेलकुद विकासमा नेपाल सोतोकन कराँते एसोसिएसनले पु¥याएको योगदान प्रशंसनीय भएको बताए ।

विद्यार्थीको शारिरीक,मानसिक र संवेगात्मक विकासमा कराँते खेलले महत्वपूर्ण सघाउ पु¥याउने प्रतियोगिता संयोजक एवं शिशु निकुञ्ज उच्च माविका प्राचार्य प्रकाशमान शाहीले बताए ।शनिबार सम्म चल्ने प्रतियोगिता नेपालको विभिन्न स्थानका २७ विद्यालयका टिम सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू