अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने

बिआरटीनेपाल २०७३ फागुन ५ गते ७:१८ मा प्रकाशित

नेक्सस् क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।  रफत सञ्चार क्लवमा आज आयोजना गरिएको पत्रकार सम्मेलन गर्दै नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५ देखि बैशाख ५ गते सम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आयोजना हुन लागेको हो ।

शोभाज स्पोर्टस प्रा.लि.को सहकार्यमा हुन लागेको प्रतियोगिता लिग तथा नकआउटको आधारमा संचालन गरिने छ । आयोजक समितिका संयोजक एवं अध्यक्ष भरत कुमार शाहीले सो प्रतियोगिता सर्टिफाइड अप्पायहरुले आईसिसिद्वारा निर्धारित निमयअनुसार खेलहरु संचालन हुुने उहाँले बताउनुभयो । हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लवहरुमध्येबाट न्यूनतम ३२ टिमका ४ सय ४८ खेलाडीहरु प्रतियोगितामा सहभागि हुनेछन् ।

प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७\७ खेलहरु खेल्नेछन् । प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएको सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमहरुले प्रति टिम तीस हजार सहभागी शुल्क तिर्नुपर्नेछ । अध्यक्ष शाहीका अनुसार सहभागीलाई आयोजकको तर्फबाट आवासको मात्र ब्यवस्था गरिएको उनले जानकारी दिए ।

उहाँका अनुसार करिब ५८ लाख लागतमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार नगद सहित वेइनर ट्रफी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद सहित रनर अफ टर्फी, तेस्रो हुेनलाई भ्यान अफ द सिरिजसहति २० हजार र मेमेन्टो, इर्मजीङ प्लेअरलाई १५ हजारसहित मेमेन्टो, वेस्ट बोलरलाई १० हजारसहित मेमेन्टो, वेस्ट ब्यास्टमेनलाई १० हजारसहित मेमेन्टो र भ्यान अफ द म्याचलाई मेमेन्टो पुरस्कार रहेको आयाोजकले जनाएको छ ।

भविष्यमा नेपाली क्रिकेटलाई तल्लोस्तरको उमेरदेखि योग्य प्रशिक्षकहरुद्वारा आवश्यक तालिम र एक्सपोसुरको लागि समयमा यस्ता प्रकारका प्रतियोगिताहरु आयोजना गर्दा एकातिर बालबच्चाहरुको क्रिकेट खेल्ने दक्षताको विकास गर्न सहज पुग्ने भएकाले यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका सहसंयोजक विजय कुमार शर्माले समेत मन्तब्य राखेका थिए ।

प्रतियोगिताको लागि संरक्षकमा आर वि कुटवाल छन् भने सात सदस्यीय सल्लाहकार समिति रहेको छ । त्यस्तै ११ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । त्यस्तै विभिन्न ६ वटा उपसमिति जस्तै प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति, अर्थ ब्यवस्थापन उपसमिति, आवास ब्यवस्थापन उपसमिति, प्रतियोगिता संचालन तथा ब्यवस्थापन उपसमिति गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू