अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

दुई–राष्ट्र सिद्धान्तमा अमेरिका नरहेको ट्रम्पको घोषणा

बिआरटीनेपाल २०७३ फागुन ४ गते २१:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले लिँदै आएको दुई–राष्ट्र नीति फिर्ता लिएको घोषणा गरेका छन् । ट्रम्पले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि अमेरिकाले लिँदै आएको दुई–राष्ट्र नीति  फिर्ता लिएको घोषणा गरेका हुन् ।

बर्षौदेखी इजारायल र प्यालेस्टाइन बिच चलिरहेको संघर्ष समाधानका लागि यी दुई देशका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई–राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष बनाताएका थिए । यो सिद्धान्त अनुसार वेष्ट ब्यांक, गाजापट्टी र पूर्वी जेरुशेलममा सन् १९६७ को युद्धविराम रेखा भन्दा पहिलेको क्षेत्रमा एक स्वतन्त्र प्यालेस्टाइनी राष्ट्र बन्नु पर्छ । त्यस राष्ट्रले इजरायलसँग शान्तिसँग बस्नु पर्ने सिद्धान्तमा उल्लेख छ । जसमा संयुक्त राष्ट्रसंघ, अरब लिग, युरोपियन युनियन, रुस र अमेरिकाले यस विषयमा आफ्नो प्रतिबद्धता जनाउँदै आएका थिए । तर यतिबेला अमेरिकी राष्ट्रपति ट्रम्पले यसबाट अमेरिका अलग हुने बताएका छन् ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अमेरिका भ्रमणमा आएको बेला पारेर अमेरिकी राष्ट्रपति ट्रम्पले नेतन्याहुसँगको भेटपछिको ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा इजरायल र प्यालेस्टाइन बिचको द्वन्द्व समाधानका लागि ‘ग्रेट’ शान्ति सम्झौता गराउने तर त्यसका लागि इजरायल र प्यालेस्टाइन दुवै पक्षले केही सम्झौता गर्नु पर्ने ट्रम्पको माग राखेका छन् । ट्रम्पले यी दुई देश मध्य आफु कुनै एक संग मात्र रहन सक्ने बताएका छन् ।


गत महिना ट्रम्प राष्ट्रपति बने लगतै इजरायलले वेष्ट ब्यांक र पूर्वी जेरुशेलममा हजारौंको संख्यामा नयाँ घर बनाउने प्रस्ताव पारित गरेको थियो । जुन क्षेत्र इजरायल र प्यालेस्टाइन दुवैको दाबी रहँदै आएको क्षेत्र हो । ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग विवादित क्षेत्रमा नयाँ घर बनाउने काम केही समयका लागि बन्द गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू