अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

महाधिवेशनअघि नै कमल थापा सर्वसम्मत अध्यक्ष

बिआरटीनेपाल २०७३ फागुन ४ गते १९:५७ मा प्रकाशित

महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापा नै हुने भएका छन् । अध्यक्षका दाबेदार मानिएका तीन जना नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा थापालाई सर्वसम्मति अध्यक्ष बनाउन तयार भएका हुन् । महाधिवेशन अगावै थापाको नाममा सर्वसम्मति भएको हो । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशन आउदो शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ ।

बुधबार साँझ चन्द निवासमा शिर्ष चार नेताको बैठकले सर्वसम्मति गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण गर्नका लागि हाम्रो पार्टी एकिकृत भएको हो, त्यसका लागि सबै मिलेर जानुपर्छ भन्नेबारे छलफल हुदै आएको थियो’ सहप्रवक्ता श्रेष्ठले भने,‘त्यही छलफलबाट टुंगोमा पुगेको हो ।’ चन्द निवासमा बसेको बैठकपछि चार जना नेताहरुले हस्ताक्षर गरी वक्तव्य जारी गरेका छन् ।

‘एकता महाधिवेशनलाई पार्टीका लाखौं कार्यकर्ता, सहयोगी तथा शुभचिन्तकहरुको चाहना र भावनालाई सम्मान गर्दै सहमतिको आधारमा सम्पन्न गर्न हामी प्रतिबद्ध छौ’ चार नेताद्वार हस्ताक्षरित वक्तव्यमा छ,‘पार्टी केन्द्रिय अध्यक्षको निर्वाचन समेत निर्विरोध गर्ने उद्देश्यका सथा हामीले महाधिवेशनमा कमल थापालाई अध्यक्ष पदमा समर्थन गर्ने सहमति कायम गरेका छौं ।’ 

पार्टीको विधानमा ‘नीति निर्धारण तथा निर्देशन समिति’ को व्यवस्था गर्ने चार नेताको सहमति छ । उक्त समितिमा थापा बाहेक अन्य सबै बरिष्ठ नेताहरु रहने संभावना छ । राप्रपाका नेता ठाकुरा शर्माले सबै नेताहरुलाई पार्टी भित्र सम्मान जनक स्थान रहने बताए । हालको जस्तो राष्ट्रिय अध्यक्ष पद अब रहने छैन ।

महाधिवेशनमा प्रस्तुत हुने पार्टीको सिद्धान्त, भावि नीति तथा कार्यदिशा सम्बन्धि कार्यायोजना र विधानलाई पनि सर्वसम्मतिबाट तयार गर्ने सहमतिमा उल्लेख छ । महाधिवेशनलाई पारस्परिक एकता, सद्भाव र सहमतिको आधारमा सम्पन्न गर्न पनि उनीहरुले सबै कार्यकर्ताहरुमा अपिल गरेका छन् ।

गणतन्त्रलाई स्वीकारी सकेको राप्रपाले हालै राजतन्त्रसहितको प्रजातन्त्र स्थापनामा गर्ने नीति लिएको छ । हालै पारित महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा राजतन्त्रको पक्षमा उभिने निर्णय गरेको छ । आजको कान्तिपुरमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू