अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

बेल्जियममा रहंदै आएका कृष्ण रेग्मीको पहलमा साईवर क्राईमबाट बच्न प्रयोगात्मक तालिम

बिआरटीनेपाल २०७३ फागुन २ गते १०:१९ मा प्रकाशित

प्रबिधिको बिकास हुनुलाई राम्रो पक्ष मानिंदा मानिदैं पनि पछिल्लो समय साईवर क्राईमको असर ब्यक्ती र समाजकै जटिल समस्याको रुपमा देखा परेको छ । खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताले आपसी दुस्मनी, प्रेममा धोका र रमाईलोका लागि यस्ता खाले अपराधजनक क्रियाकलाप गर्दै आएको पाईन्छ । यसैलाई ध्यानमा राखेर साईबर सेक्युरिटी ईन्टरन्यासल अमेरिकाद्वारा साईवर अपराधबाट बच्नका लागि बिद्यार्थीहरुमा सचेतनामुलक प्रयोगात्मक तालिम दिएको छ ।

बेल्जीयममा रहंदै आएका कृष्ण रेग्मीको पहलमा चितवनको शशिनगर माबिका बिद्यार्थीहरुलाई फेसबुक, ईन्टरनेट, कम्युटर, फोनलाई कसरि सुरक्षितसंग प्रयोग गर्ने र साईबर अपराधबाट बच्न के के उपाय अपनाउने भन्ने बिषयमा चितवनको शशिनगर माबिमा अध्ययनरत बिधार्थीहरुलाई ६ घण्टे लामो प्रयोगात्मक तालिम दिईएको हो ।

तालिक प्रायोजकका रुपमा रहेका कृष्ण रेग्मीले यो तालिमको सुरुवात आफुले स्कुले जीवन बिताएको शशीनगर माबिबाट सुरु गरेका हुन् । यसअघि पनि शशीनगर मावीलाई ४ वटा कम्प्युटर प्रदान गर्नुका साथै केहि बर्ष देखि आफ्नो संस्था छोरी परियोजना मार्फत चितवनको दुर्गम गाउँमा बिद्यालय निर्माण समेत गरेका छन् ।

कृष्ण रेग्मीले बेल्जियमबाट बिद्यार्थीहरुलाई पठाएको भिडियो सन्देश प्रस्तुत गरेर सुरु गरिएको तालिममा कक्षा ८ देखि १० सम्मका बिधार्थीहरुको सहभागितामा ६ घण्टा सम्म चलेको थियो । जसमा साईबर प्रशिक्षक निर्मा जम्मरकट्टेल पुजा गुरुङ र पारस पौडेलबाट बिद्यार्थीले साईवर अपराधबारे तालिम लिए ।

उत्साहका साथ तालिममा सहभागी बिद्यार्थीहरुले यस्ता कार्यक्रम र तालिमले ब्यक्तीमा चेतनाको स्तर बढ््नुका साथै साईवर अपराधको सिकार हुनबाट बच्न सकिने हुँदा यो तालिमबाट आफुहरुमा नयाँ कुराहरुको ज्ञान थपिएको बिद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू