अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

कोलोराडोमा सरस्वती पूजासंगै कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन १ गते २२:१२ मा प्रकाशित

नातिबाबु भट्ट 

नेपाली भाषा, साहित्य, कला तथा संस्कृति जोगाई राख्न कोलोराडोमा सरस्वती पूजा सँगै कवि गोष्ठी एक समारोह बिच सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिवार बिद्याकी देवी सरस्वतीको पूजा आरधाना सँगै सम्पन्न कवि गोष्ठि समारोहमा, कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, कवि कवयत्री, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुमा भवानी ढुङ्गेल र शीतल शर्माले सरस्वती पूजा वधिबत् रूपमा स्तोत्र पाठ सँगै गरेका थिए । सोही क्रममा कृष्णमुरारी ढुङ्गेलले सरस्वती मन्त्रो चच्चारण सँगै संख घण्ट बजाएर माता सरस्वतीको आरधाना गरेका थिए । कार्यक्रम स्थल चर्ज भित्र संख घण्टको धुन गुन्जीएको थियो । कार्यक्रममा सुदक्षिणा भट्टले सरस्वती बन्दना वाचन गरेकी थिइन भने, उपस्थित सबैले सरस्वतीको पूजा गरेका थिए ।  

हालै दिवङ्गत पन्नाकाजी श्रेष्ठ र यम बुद्धलाई संझदै सुरुगरिएको कवि गोष्ठीमा झन्डै डेढ बढी कवि, कवयत्री, गायक तथा कलाकारहरूले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु वाचन गरेका थिए । केहीले गीत र केहीले अभिनय र अनुभबहरुपनि प्रस्तुत गरेका थिए ।

विशेष गरी आर्या चालीसे र रनुष्का उपाध्यायको नृत्य, आयूष श्रेष्ठको हास्य ब्याङ्ग्यले सहभागीहरुको मनजित्न सफल भएको थियो । मानिस भाग्यको खोजीमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहाँ प्रस्ट देख्न सकिन्थ्यो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा संम्पन्न कार्यक्रमको डा बिजयराज शर्माले समीक्षा गरेका थिए । संस्थाका महासचिव गौतमसागर राईले उपस्थित सबैलाई स्वागत गरेका थिए भने , सदस्य धन पौड्यालले कार्यक्रम संलालन गरेकी थिइन् । कार्यक्रममा उपस्थित सबै बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो ।

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू