अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

मृत्यु संस्कार: १३ दिने क्रिया-कर्म ५ मा गर्न सकिने

बिआरटीनेपाल २०७३ फागुन १ गते १०:४५ मा प्रकाशित

इन्द्रेणी सांस्कृतिक सङ्घ टेक्सस ले हिजो शनिवार अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्‍यो। मरेका मान्छेहरू लाई हिन्दु संस्कृति अनुसार गरिने १३ दिने क्रिया का विषय मा अन्तरक्रिया गरिएको हो। आयोजक इन्द्रेणी सांस्कृतिक सङ्घ हिन्दु संस्कृति सँग नजिक रहेको संस्था समेत रहेको हुँदा यस किसिमको मृत्यु संस्कार सम्बन्धी अन्तरक्रिया गरिएको जानकारी कार्यक्रम सञ्चालक उपाध्यक्ष बेदनिधि दाहालले बताउनु भयो । 

इन्द्रेणी सास्कृतिक सङ्घका अध्यक्ष तारा भुषालको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख बक्ता “संस्कार सुधार समाज” नामक नेपालको एक संस्थाका उपाध्यक्ष प्रा. धरणी प्रसाद गौतम हुनुहुन्थ्यो। अन्य बक्ताहरुमा पशुपति बौद्ध मन्दिर डाल्लास का मूल पण्डित डाक्टर शेखर पण्डित र पण्डित रामचन्द्र पाण्डे हुनुहुन्थ्यो।

मृत्यु पछि मृतक को आत्मा को शान्तिको कामना गर्दै हिन्दु धर्म अनुसार हाल सम्म १३ दिनको रहदै आएपनि उक्त “संस्कार सुधार समाज” ले गरेको लामो अध्ययन ले हाम्रो धर्म शास्त्र मा बताए अनुसार का हाल सम्म १३ दिन लगाएर गर्दै आइएको मृत्यु क्रिया-कर्म ५ मा गर्न सकिने निष्कर्ष निकालेको थियो। 

“संस्कार सुधार समाज” ले अध्ययन निष्कर्ष मा आधारित भएर “५ दिने अन्त्य पद्धति” नामक पुस्तक प्रकाशित गरेको छ। कार्यक्रम मा प्रमुख बक्ता तथा संस्कार सुधार समाज का उपाध्यक्ष प्रा. धरणी प्रसाद गौतम ले १३ दिनको सट्टा ५ दिनको विकल्प उक्त कार्यक्रम प्रस्तुत गर्नु भयो।

डा. शेखर पण्डित तथा रामचन्द्र पाण्डे ले मृत्यु र मृत्यु क्रिया-कर्म मा हिन्दु धर्म शास्त्र को कथन तथा हाम्रो व्यवहारको निकै रमाइलो अनुभवहरू सुनाउनु भयो। कार्यक्रम मा लगभग ८० – ९० जानाको हाराहारीमा उपस्थिति थियो। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू