अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

आठ कविहरुको ‘एकात्म’ लोकर्पण तथा विमर्श

बिआरटीनेपाल २०७३ फागुन १ गते ६:३८ मा प्रकाशित

आठ कविहरुको एउटै कविता संग्रह “एकात्म” पाठकहरुमाझ आएको छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा शनिबार पुस्तकको विमोचन तथा विमर्श भएको हो ।

रंगकर्मी राजन खतिवडा, कवि लेखक केशव सिल्देल तथा पुस्तक समिक्षक सगुना शाहसहित संग्रहका कविहरुको हातबाट संयुक्त रुपमा विमोचन भएको हो । ‘एकात्म’मा पूर्व सङ्खुवासभा, उदयपुरदेखि पश्चिम दाङ, रोल्पा अनि दोलखासम्मका कविहरु उज्जल ढुङ्गाना, कुशल सुमन, विष्णु सन्यास, बुद्घि कटेल, नविन अभलिाषी, पार्थक्य ‘हृदय’, सिजन श्रष्ठ र प्रसन्न घिमिरेको कविताहरु संग्रहति छन् ।

नेपाली कविताको नयाँ अनुहार चिनाउन नदेखिएका र नसुनिएका कविहरुलाई समेटेर ‘सम्यम किनारा’ संस्था र नेपाल बुक्सले यो कविता संग्रह ल्याएको हो । यस एउटै संग्रहमा ल्यउने काम “सम्यक् किनारा” संस्थाले गरेको थियो ।

विमोचन पछि अतिथि वक्ताहरुसँग कवि अनुप जोशीले विमर्श गरेका थिए । धैरै कविहरु नयाँ भए पनि संग्रहमा अत्यन्तै मिठा, कलात्मक पक्षले अत्यन्त अब्बल कविताहरु रहेको र विचारलाई कसरी कविता बनाउनेमा कविहरुको दक्षता प्रखर देखिएको कुरा केशव सिग्देलले विमर्शका क्रममा बताए । उनले भने, ‘ कविहरुले यसरी नै आफनो यात्रा जारी राखेमा पचासबर्षपछि पनि यो संग्रहभित्रका केही कविहरु देखिने, टिक्ने, रहने सम्भावना छ ।’

त्यस्तै अर्का वक्ता बुक होलिकका सगुना शाहले विमर्शका क्रममा भने, ‘कवितामा रुवाबसी, गाली अनि अव्यवस्था मात्र आइरहेको यो समयमा यी नयाँ कविहरुले भने कतै जीवन, समाज अनि समन्धमा लुकेर बसेका, अनि समयको दौडमा कतै छुटेर गएका मिठा कुरालाई पनि ल्याइ दिएका छन् ।’

रंगकर्मी राजन खतिवडाले भने नाटकमा कविताको उपस्थितिबारे ओल्याए । नाटकमा पनि कविता प्रायोग हुने बताउँदै उनले नाटक गर्नेले अनि लेख्नेले पनि कविता ग्रहण गर्नुपर्ने उल्लेख गरे । खतिवडाले भने, ‘यस कृर्तिका थुप्रै कविता कतै न कतै नाटकमा समाबेश हुने खालका छन् । कतिपय कवितामा नाटकमा हुने नाटकियता पनि देख्न सकिन्छ ।’

विमर्शसँगै विमोचित पुस्तक ‘एकात्म’भित्रका केही कविताहरु कविहरु स्वयम्ले वाचन पनि गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू